बक्सिङ : नेपाली खेलाडीहरुको सुखद सुरुवात

डिसी नेपाल
२० मंसिर २०७६ २१:५२

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालका सुशील थापामगर, भूपेन्द« थापामगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार ललितपुरको सातदोबाटोमा भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरेका प्रवेश हुन् । त्यस्तै ६० केजी तौल समूहको खेलमा भूटानका निमा दोर्जीलाई अंककै आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले पनि अन्तिम चारमा स्थान बनाए ।

त्यस्तै ६४ केजीको भिडन्तमा नेपालका भूपेन्द« थापा मगरले भूटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्यसैगरी ७५ केजी तौल समूहको खेलमा नेपालका दिपक श्रेष्ठ भने भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा पराजित भए ।

त्यसैगरी पुरुष ९१ केजीभन्दा माथिको तौल समूहमा भने नेपालका आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाइ पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । योसंगै बक्सिंगमार्फत् नेपालले दुई रजत पक्का गरेको छ ।

त्यसअघि शुक्रबार भएको महिलातर्फको पहिलो खेलमा भारतका कलाइभानी श्रीनिभासनाले पाकिस्तानका राबिया बाटूललाई आरएसीको आधारमा पराजित गरे । त्यस्तै महिला ५७ केजी तौल समूहको खेलमा भारतका सोनीया लाथरले बंगलादेशमा समिमा अख्तरलाई पनि आरएसीको आधारमा पराजित गरे ।

त्यस्तै पुरुष ४९ केजीमा बंगलादेशका मोहमद सोजिब होसेनले पाकिस्तानका मोहमद दाउद खानलाई पराजित गरे । त्यस्तै पुरुष ५२ केजीमा बंगलादेशका मोहमद आरिफुल इस्लामले पाकिस्तानका सइद मोहमद आसिफलाई हराए । त्यसैगरी पुरुष ५६ केजीमा बंगलादेशका मोहमद रोबिन मिया र नाकिबुल्लाह विजयी बने ।

त्यसैगरी ६४ केजीको खेलमा भारतका मनिष कौशिकले पाकिस्तानका सुलेमान बालोचलाई हराए । पुरुष ६९ केजीमा भने पाकिस्तानका गुल जाइब र भारतका कृसन भिकासले पनि जित हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *