पूरानै राजनीतिक दललाई भोट हाल्नु बेश!

९ अषाढ २०७४

banner

इन्जिनियर दिपेन्द्र कंडेल 

नेपालको विकास पुरानै राजनीतिक दलहरुबाट संभव छ, तर तिनीहरुलाई यतिबेला क्षमता अभिवृद्धि गर्न जरुरी छ। खासमा समस्या भनेको राजनीतिक दल र दलका नेताहरुमा छैन्। बरु, समस्या त दलको प्रशासनिक संरचनामा व्याप्त छ। त्यसैले ठूला तथा पुराना दलहरुको प्रशासनिक पद्धति, संरचना र प्रणालीलाई तत्काल बदल्न जरुरी छ। यसको मतलव के हो भने अब मेरिट बेस प्रणालीबाट नेता चयन गर्नुपर्छ। 

पछिल्लो समय हामीले नयाँ राजनीतिक शक्तिहरुले पनि पुरानै प्रशासनिक प्रणालीलाई अवलम्बन गरिरहेको हामीले पाएका छौं। जस्तो, स्पोईल सिष्टमबाट नेता हायर गर्ने, अनुभव नै नभएका युवाहरुलाई नेतृत्वमा पुर्याउन खोज्नु।

जुन हामीले काठमाडौंको मेयरको चुनावमा देख्यौं। त्यसतै क्याम्पसको राजनीति अनि हात जोडेर भोट माँग्ने प्रवृत्ति यी सबै पुरानै प्रणाली अन्र्तगर्तका हुन्। त्यसैले हामीले नयाँलाई भन्दा पनि अहिले पुरानै दलहरुलाई बरु परिवर्तन हुनको लागि मौका दिनुपर्छ। सच्चिनकालागि एकपटक मौका दिनुपर्छ। किनकी पुराना राजनीतिक दल भनेको त स्थापित भैसकेका छन्।

यिनलाई परिवर्तन गराएर ल्याउन सकियो भने भोलि प्रदेश तथा केन्द्रिय संसदको चुनावमा पनि बहुमत ल्याउन सक्ने संभावना रहन्छ। नेपाल विगत लामो समयदेखि अस्थिरताको खडेरीमा रुमलिरहेको छ। त्यसैले मुलुकमा स्थायी सरकार स्थापनाको लागि पनि कुनै एक दलल विशेष (पूरानो दलले) बुहमत ल्याउन जरुरी छ। 

हुन त मुलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ। र, यही असार १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ। मुलुकले दुई दशक लामो समयपछि आफूले चयन गरेका निर्वाचित जनप्रतिनिधिहरु पाएका छन्। जुन आँफैमा खुशीको कुरा हो। नगरपालिका र गाउँपालिका प्रादेशिक सरकारसँग प्रत्यक्ष जोडिएका हुन्छन्। त्यस्तै प्रदेश सरकार पनि केन्द्रिय सरकारसँग प्रत्यक्ष जोडिएको हुन्छ। 

विकासको लागि पनि सबैभन्दा सुलभ, छिटो र छरितो जनताको सेवा गर्न अहिले स्थापित भएका पूरानै दलका प्रतिनिधिहरु चुनिएर आए भने जनताले राहत पाउने मेरो व्यक्ति विश्वास छ।

यो स्थानीय तहमामात्रै नभएर प्रदेश र केन्द्रीय संसदको चुनावमा पनि जनताले पुरानै दलका उम्मेद्धवारहरुलाई मत हाल्नु नै बुद्धिमानी हुन्छ। हुन त पहिलो चरणको निर्वाचनमा पनि जनताले करिब ९६ प्रतिशतभन्दा बढि मत पुरानै ठूला दलका प्रतिनिधिहरुलाई हालिसकेका छन्। यो अत्यन्तै उदाहरणीय काम हो। त्यसैले अबका बाँकी सबै तहका निर्वाचनमा पनि पूरानै दलका उम्मेद्धवारहरुलाई आफ्नो मत दिनुहोला। 

लेखक कँडेल पब्लिक ईनोभेटर हुन र उनी हाल दुवईको मोहम्मद् बिन रसिद स्कुल अफ गर्भरमेन्टमा अध्ययनरत छन्। उनी हाल नेपालको “ईकोनोमिक एनालाईसिस अफ फेडरलिज्म ईन नेपाल” टपिकमा अनुधन्धान गरिरहेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »