सावधानः ह्वाट्एप एकाउण्ट ३० सेकेण्डमै ह्याक हुनसक्छ, जोगिन यसो गर्नुहोस्

१२ अषाढ २०७४

banner

एजेन्सी। इन्सटेन्ट मेसेन्जिङ एप ह्वाट्सएप आफ्ना प्रयोगकर्ताका लागि दैनिक नयाँ नयाँ अपडेड उपलब्ध गराइरहेको छ जसले प्रयोगकर्ताको एकाउण्ट सुरक्षित राखोस् । तर यो एपलाई मात्रै ३० सेकेण्डमा ह्याक गरिएको छ । युएइको एक एनजीओले बताएअनुसार यसरी ह्याक गर्नको लागि ह्याकरले तपाइको फोन एकपटक मात्र एक्सेस गर्नेछ । 

एनजीओले जारी गरेको भिडियोमा ह्वाट्सएप ह्याक गरेको देखाइएको छ । विडियोमा देखाइएको छ – ह्याकरले युजरको फोन एक पटक लिएर त्यसलाई ह्वाट्सएव वेबको सहायताले आफ्नो कम्प्युटरमा युजरको ह्वाट्सएप खोल्छ । कम्प्युटरमा ह्वाट्सएप खुल्नासाथ मात्रै ३० सेकेण्डमा सबै फोटो, भिडियो, च्याट कम्प्युटरमा पुगे । यो भिडियो उनीहरुले युजरहरुलाई जागरुक गर्न जारी गरेका हुन् । 

ह्वाट्सएप ह्याक हुनबाट जोगिन यसो गर्नुहोस्
१. आफ्नो ह्वाट्सएप एपलाई पासवर्डले सुरक्षित गर्नुहोस् । 
२. आफ्नो ह्वाट्सएप एकाउण्टमा गएर वेब सेटिङमा हेर्नुहोस् कहीँ अर्को डिभाइस तपाइको फोनसँग कनेक्ट त छैन ? 
३. एकाउण्ट सेटिङको च्याट एण्ड कल्समा गएर कुनै इमेलमा पठाउन सकिने गरी सेट भएको छ÷छैन निश्चित गर्नुहोस् । 
४. जीमेल एपलाई पनि पासवर्डले सुरक्षित गर्नुहोस् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »