परदेशीको कथा 

१४ अषाढ २०७४

banner

ध्रुब क्षेत्री 
पालुङ्टार गोर्खा, हाल कतारबाट

समय, परिस्थिति र बिवशता यी तिनै कारणले आफ्नो जन्म घर आमा बाबा, प्रिय साथी भाइ अनि सुख होस वा दुस्खमा साथ दिने प्यारो बस्तीबाट सपनाको संसार सझाउनको लागी सुनौलो भविष्यको खोजीमा निस्कने मान्छे नै ूप्रदेशीू हो । प्रदेशी रहरले भन्दानि बाध्यता,जिम्वेवारी दुबै पूरा गर्ने सपनाको मालिक पनि हो।

जब समय र कालखण्ड फेरिदै जान्छ मान्छेमा जिम्वेवारी र परिचय पनि फेरिदै जान्छन। त्यसैले हिजो ुबुवा आमाुको आश्रयमा बस्ने आज न आखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरि बादलपारीको देश बाट केवल यादमा पौडिरहेको हुन्छ ुप्रदेशी,ु ूप्रदेशीू शब्द नै भन्दा र सुन्दा नै कस्तो नमिठो लाग्छ प्रदेशी भनेको ुबिरानोु बिछोडिएको फेरी भेट हुन्छ होला कि हुन्न होला भन्ने कुरा मनमा खुल्दुली चलाइ दिने शब्द झै बन्यो प्रदेशी !

मान्छे प्रदेशी किन हुन्छ ?
जब समयको चक्र फेरिदै जान्छ उसको आबस्यता र जिम्वेवारी पनि संगै फेरिदै जान्छ जव यी सबै कुरा थपिदै जान्छन यी आवस्यता पुरा गर्ने ुसजिलोु र ुस्पस्टु बाटो बन्छ प्रबास, अनि आफ्ना सबै सपना मन भरी पोको पारेर भविस्यको खोजीमा लाखौ मान्छेको हुलमा आफु एक्लिएको अनुभुति गर्दै प्रदेशी हुन्छ ।

ूसर्पको खुट्टा सर्पले मात्र पो देख्छू बिचरा वल्लो डालीमा रुने न्याउलीको रोदन कहा पल्लो डालीमा नाच्ने मयूर बुझ्छर१ सबैको सपना बोकेर प्रदेशिएको प्रदेशी भएकै दिनबाट घरमा पैसा आउने दिन गनेर बस्नु अनौठो हैन । तर बिडम्बन यो सहरुभित्रकोरहरु हाम्ले कल्पना गरेको भन्दा जति सुन्दरु र बिकसित छ त्यती स्वार्थी र निरिह पनि छ भन्ने कुरा के थाहा र पैसा आउने दिनको लागी औला भाच्दै बस्ने बुवा आमालाई ।
ूमनको बह कसैलाइ नकहू भने झै कसै संग नबोलु सम्पर्क बिहिन हु भने पनि लौ फलानो ठुलो पल्टियो के बिदेश गएको थियो हाम्लाइ नगन्ने भो भन्छन सम्पर्क बढायो सन्चो बिसन्चो काम के कस्तो छ भनेर सोध्नु पहिले त्यहा त फलानो समान ओरिजिनल पाइन्छ रे अनि आईफोन धनबहादुरलाई ुकेन्द्रु बनाउँछन् लौन हाम्लाइ पनि एउटा सम्झनाको चिनो पठाइ दे हामी पनि हुने खाने भए हेरुला भनेर गुनासो पोख्छन बिचरा । तिनीहरुलाई पनि के थाहा केटोले थर्डह्यान मोबाइले गुज़रा चलाएको छ भन्ने।

साच्ची प्रदेशी पनि दुइु प्रकारका हुन्छन एक थरी आफुले नै पत्ता लाएर म मात्र कोही नगएको कसैले नदेखेको उपग्रहमा नै छु झै गर्ने अहमताबादीको भुमरीमा घमन्डुको मुकुन्डो ओढेर बस्ने प्रदेशी अर्का यथार्थ र बास्तविकताको दुनिया लाइ सुख र दुस्खको चक्र सम्झने परिवार प्रेमी भविष्यको चिन्ता प्रेमी प्रदेशी,आखिर जो जस्तो प्रदेशी भए पनि यथार्थमा प्रदेशी पीडा, समस्या र स्वतन्त्रताको परिधिबाट अलग्गै बस्न सक्दैन त्यसैले त सबैको सपना पुरा गर्ने लक्ष बोकेको प्रदेशी कहिले आधा पेटमा दिन बिताएको हुन्छ कहिले राता सुनियका आखा अनिधोको प्रमाण लिएर आखा मिच्दै दौडिरहेको हुन्छ भोलीको खुसीको लागी मन्द मुस्कान बोकेर । युद्धमा होमीसकेको सिपाही झैँ ।

पिडा सबै लुकाएर मृत्यु संग लड्छ प्रदेशी
सपनाको संसार फेर्न निडर भइ बढ्छ प्रदेशी

परिवारको सपना र जिन्दगीको लक्ष बोकी
सफलताको शिखर चुम्न चढ्छ प्रदेशी

भोक निद्रा नभनेर केवल लक्ष पुरा गर्न
पचास डिग्री नभनेरै चर्को घाममा डढ्छ प्रदेशी 

न छ आमा न छ बाबा याद मात्र संगालेर
आफ्नो कथा आफै लेख्दै पढ्छ प्रदेशी 

साच्ची प्रदेशी बलिरहेको मैनबत्ती झै हो । आफू पग्लिएर आफू सधैँ अँध्यारो भएर पनि परिवारको उज्यालोको लागि अलि कति सास बाँकि हुँदासम्म बलिरहेको हुन्छ परदेशी अनि अवरात डुंगा खिहाइ रहने माझी झै पनि हो प्रदेशी, कतिलालई पारी तार्छ तर आफु सधैँ वारीको वारी भए झैँ आफू नोकरी गरेर परिवारलाई तलबको जिम्मा लगाई दिन्छ परदेशी । बचेरा गुंडमा छोडेर आहरा खोज्न हिडेको चरी झै हो प्रदेशी, कहिले आउछर खाउला भनि पर्खिबसेका बचेराहरु शिकारीको पासोबाट चारो टिपेर आउने नआउने कुनै ठेगान नभएको सुत्केरी चरी झैँ । बिरानो बस्तीमा सपनाको महल बनाउँदै दुस्ख र पसिना संगै पौडी खेल्ने साहसी हो प्रदेशी, आधा बाटोमा हराएका गन्तव्य बिहिन यात्रालाई मुल बाटो सम्म पुर्याउने सपना देखेको बटुवा हो प्रदेशी,बर्षौ देखि चुएको छानो र फाटेको आमाको चोली फेरिदिने सपना बोकेर हिडेको कालो बादल भित्रको चादीको टुक्रा हो परदेशी ।

अपसोच ११मनमा जननी जन्म भुमिस्वम स्वर्गदपि गरियसी हुँदा हुदै पनि कहा हो कहा चिन्दै नचिनेको देख्दै नदेखेको दुनिया संग श्रमको साइनो गासेर पिडा हुदा पनि मुस्काइ मुस्काइ हिड्नु पर्ने रमितेको सहरमा गुम्सिएका रहर हरु लिलाम बिक्रिमा राखेर सुनौलो भविष्यको लागी सुनौलो सपनाको लागी भन्दै प्रदेशीको बिल्ला भिरेर कहिले सम्म भौतारी रहनु पर्ने हो यो श्रम लुटिएको सहरमा यो विरानो परदेशी । 

बादलपारीको देशबाट

Leave a reply

HTML Tags are not supported

Post My Comment »