हिलोमा रमाउँदै मनाईयो असार १५ (फोटो फिचर)

१५ अषाढ २०७४

banner

काठमाडौँ। आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मुठी खाएर मुरी उब्जाउने महिनाका रुपमा नेपालभर यो दिवस मनाइएको छ ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँका अधिकांश स्थानमा आजकै दिनबाट रोपाइँ सुरु गर्ने र दिनभरी काम गरेर खाजाका रुपमा दही चिउरा खाने प्रचलन छ। त्यसैले आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि परिचत छ। 

वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। 

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।
असार १५ को अवसरमा भक्तपुरको नलिञ्चोकमा खिचिएका तस्बिरहरु: 
तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »