राजधानीकै सडकको यस्तो बिजोग(फोटो फिचर)

१६ अषाढ २०७४

banner

काठमाडौँ। प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै काठमाडौँका सडकहरु भत्कने र हिल्लाम्मे हुने गर्छ। सोही प्रक्रिया पच्छ्याउँदै यस वर्ष पनि वर्षायाम सुरु भएलगतै राजधानीका सडकहरु भत्किन र सडकहरु ताल बन्न थालेका छन्। यसो हेर्दा त्यो सडक नभई धान रोप्न तयार गरिएको हिलाम्मे खेत झै लाग्दछ। उसो त भ्रष्टाचारका कारण निकै कम्सल पदार्थ प्रयोग गरी सडक निर्माण हुने गर्छ।

पैसा कुम्ल्याउन मात्र पल्केका भ्रष्टचारीकै कारण वर्षेनी जनताले धेरै सास्ती खेप्नु परेको छ। यस्तै आज प्रस्तुत गरिएको तस्बिरहरु पनि राजधानीकै व्यस्त सडक त्रिपुरेश्वरको हो। जहाँ बिहीबार राती परेको पानीले सडक हिलाम्मे बनेको छ। जसले गर्दा सडकमा गुड्ने सवारी अनि जेब्रो क्रसिङबाट बाटो काट्ने बटुवाले निकै सास्ती खेप्नु परेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »