गजल - आमा

१६ अषाढ २०७४

   गजल आमा

फेसबुकमा फोटो हालिन भनि मन नदुखाउनु है आमा
प्रदेशमा छु सम्झिराछु आँशु नसुकाउनु है आमा

बरु २र४ डलर पठाइदिउला घरखर्च टार्नलाई
फोनमा कुरा गर्दा दुख पीडा नलुकाउनु है आमा

मन दुख्छ घर तिरको  नाना थरी कुरा सुन्दा
पराईले झुटो बोल्लान् शिर नझुकाउनु है आमा

यसपाली आइन अर्को साल दशैँमा आउँछु पक्कै
सम्झिएर दिनभर दोबाटोमा आखाँ नकुराउनु है आमा

बाबा हुनुहुन्छ भाई अनि बहिनी छन् साथमा 
हास्नु पर्छ टाढा भएनि भनि मन बुझाउनु है आमा

एक दिन भेट हुनेछ सारा ख़ुशी लिएर आउनेछु
प्रतिक्षा गर्नु त्यो दिन, मनको दुख नखुलाउनु है आमा

फेसबुकमा फोटो हालिन भनि मन नदुखाउनु है आमा
प्रदेशमा छु सम्झिराछु आँशु नसुकाउनु है आमा

गिता कँडेल
हाल अमेरिका
नर्थ क्यारोलिना
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »