लगानीकर्तालाई हतोत्साही बनाउन नहुने सांसद खतिवडाको भनाई

२३ अषाढ २०७४

banner

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले लगानीकर्तालाई हतोत्साही बनाउन नहुने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शेयर लगानीकर्ता संघ नेपालले आयोजना गरेको ‘पुँजी बजारमा भ्याट समस्या र समाधान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सांसद खडिवडाले यस्तो बताएका हुन् ।

विदेश पलायनको तयारीमा रहेका यूवाहरूलाई स्वदेशमै रोजगारी दिने र लगानी गरेर मुलुकको विकास गर्ने काममा लगानीकर्ताहरुले सहयोग पुर्याएको बताउँदै खतिवडाले भने,‘हाम्रो देशमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाई दिनुपर्छ, त्यो काम सरकारका हो, जहाँसम्म पूँजी बजारलाई भ्याट लगाउने भनेर सरकारले निर्णय गरेको छ, यसबाट आँत्तिनुहुँदैन, छलफल गरेर पुँजी बजारलाई अझै व्यापक बनाउनको लागि हामी सबैले पहल गर्नुपर्छ, म संसदमा पनि यसका बारेमा कुरा राख्छु।’

उनले अघि थपे,‘दोहोरो भ्याट कसैलाई लगाउनुहुँदैन, यदि त्यस्तो गरिएको छ भने, सरकारको दोष हुन्छ, त्यसमा हामी सरकारलाई सचेत गराउछौँ।’

अर्थशास्त्री डा.डिल्लीराज खनालले वृहत्त छलफल नगरी लगाईने ट्याक्सले खतरा निम्त्याउने दाबी गरेका छन्। उनले भने,‘बृहत्त छलफल नगरिकन पुँजी बजारमाथि ट्याक्स लगाउने कुरा गृहकार्य भन्दा बाहिरको कुरा हो, ओरालो लागेको स्टक एक्सचेन्ज छ, यसलाई झनै प्रभावित पार्न सक्छ, त्यसैले सरकारी पक्ष र लगानीकर्ताबीच समन्वयकारी रुपमा यो काम अघि बढ्नुपर्छ।’

ब्रोकस एशोसियशनका अध्यक्ष प्रियराज रेग्मीले लगानीकर्तालाई सरकारले बाध्यकारी तरिकाले भ्याट लगाउन खोजेको आरोप लगाए । उनले भने,‘हाम्रा व्यवसाय सरकारी ऐन÷नियमभित्र छन्, त्यसलाई आधार मानी भ्याट लगाउन खोजिएको छ, यो पुँजी बजारलाई काँढेतारभित्र बार्न खोजिएको छ, यो गलत छ, लगानीकर्ताहरू हतोत्साहीत हुने खतरा उक्तिकै छ, हाम्रो मुलुकको विकास र परिर्वतनको लागि अहम भूमिका खेलिरहेको पुँजी बजारलाई विचल्लित बनाउने काम सरकारले गर्रिहेको छ।’

उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नबराज सुवेदीले गरेका थिए ।
 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »