पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए ७१ औँ जन्मदिन(फोटो फिचर)

२३ अषाढ २०७४

banner

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७१औं जन्मदिन मनाएका छन्। पूर्व राजा ज्ञानेन्द्रले निर्मल निवासमा आफ्नो जन्मदिन मनाएका हुन्। गत वर्षहरु झै यस वर्षपनि पूर्व राजा ज्ञानेन्द्रलाई जन्ददिनको शभकामना दिन नेता, आफन्त र सर्वसाधारणहरुको घुँइचो नै लागेको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई एकतावद्ध बनाएर लैजान राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। पूर्वराजा शाहले पूर्खाहरुले जोगाएर राखेको देशलाई एकताको सुत्रमा बाँधेर अघि बढाउने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि स्पष्ट पारे।

उनले देश जोगियोस्, जोडियोस् र सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् भन्ने आफनो मनोकांक्षा रहेको पनि स्पष्ट पारे।
पूर्वराजा शाहले निराशा बनेर विदेशीएका युवाहरुलाई देशमै गरिखाने बाटो बनाउनुपर्नेमा पनि जोड दिए।
तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »