छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु 

२५ अषाढ २०७४

banner

काठमाडौं। देशभरि भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 खोटाङ स् खोटाङको रुपाकोट–मझुवागढी–१५ बिजयखर्क साँगुरे स्थित सडकमा सिद्धी साई कन्ट्रक्सनको ना.६ त ११२४ नम्बरको ट्याक्टर शनिबार सडकबाट करीब ३० मिटर तल खस्दा सोही कन्ट्रक्सनमा काम गर्ने १७ वर्षीय सुदिप सुयल सार्कीको घट्नास्थलमै मृत्यु भएको हो । उनी हलेसी–तुवाचुङ नगरपालिका–११ का भएको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
    दाङ : राप्ती  गाउँपालिका–८ पिपरीस्थित पूर्वपश्चिम राजमार्गमा ना.५ ख ८९०७ नम्बरको बस शनिबार अनियन्त्रित भई सडकमा पल्टिदाँ बसमा सवार एकको मृत्यु भएको छ । बबई गाउँपालिका चरकमटियाका २७ वर्षीय बिजय डाँगी गम्भीर घाइते भएकोमा फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको छ । बसमा सवार अन्य ६ जना घाईते समेत भएकाले उपचारको लागि दाङ अस्पताल लमही र फ्लोरेन्स अस्पताल लमहीमा पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    धादिङ : सिद्धलेक गाउँपालिका–७ पिपलटार घर्तिगाउँ स्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना.६ त ११०६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब २० मिटर तल खोल्सामा खसेको थियो । चालक चितवन पर्सा बस्ने २२ वर्षीय राजिब परियार भएको बताइएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »