कांग्रेसलाई हराउँदै धरान उपमहानगरमा एमाले विजयी 

२६ अषाढ २०७४

banner

काठमाण्डौँ ।  दोस्रो चरणको स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

साँझ सकिएको मतपरिणामअनुसार धरानको मेयरमा एमाले उम्मेदवार तारा सुब्बा विजयी भएका हुन् । उनले कांग्रेसका तिलक राईलाई पराजित गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका विक्रम बेघा तेस्रो भए । 

उपमेयरमा पनि एमालेकी मन्जु भण्डारी विजयी भएकी छन् । 

योसँगै स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । दोस्रो चरणको निर्वाचनमा पनि दुई उपमहानगरसहित १ सय ५१ तह जित्दै एमाले पहिलो पार्टी बनेको छ । कांग्रेस दोस्रो तथा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »