सुनसरीको धरान उपमहानगरपालिकामा काँग्रेसलाई हराउँदै एमाले विजयी

२७ अषाढ २०७४

banner

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसलाई परािजत गर्दै नेकपा एमाले विजयी भएको छ। 

एमालेका मेयर उम्मेद्वार तारा सुब्बा २० हजार ९७५ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेयर उम्मेद्वार तिलक राईको पक्षमा १६ हजार २०२ मत खसेको थियो। 

त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेद्वार मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार श्यामा रेग्मीको पक्षमा १४ हजार एक सय ९७ मत खसेको थियो। 

यो सँगै दोसो चरणको चुनावमा एमाले दुई उपमहानगरसहित १५१ स्थानीय तह जित्दै पहिलो पार्टी बनेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »