प्रेमजालमा फसाएर व्यापारी अपहरण गरी हत्या गर्ने युवती पक्राउ 

२७ अषाढ २०७४

banner

दाङ। व्यापारीलाई प्रेमजालमा फसाएर अपहरण गरी हत्या गर्ने युवती पक्राउ परेकी छिन् । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै घटनाका मुख्य योजनाकार पूजाका पिता टीकाराम घर्ती र मानबहादुर भण्डारी पनि पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । 

अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहले तीनैजना पक्राउ परेको र उनीहरुलाई साँझ ५ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय, दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरु तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।

जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो । अपहरणपछी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पुजालाई प्रहरीले आज बेलुकी ५ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । राजकुमारलाई पुजाले फोन गरी अपहरण गरेको प्रहरीले दावी गर्दै आएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »