सपथ लिएकै दिन विजय जुलुश छाडेर जनताको माझमा पुगे जनप्रतिनिधि

२७ अषाढ २०७४

banner

काठमाण्डाौँ। निर्वाचनमा विजयी भएपछि अधिकांश प्रतिनिधि विजयीउत्सव मनाउन व्यस्त हुने गरेको पाइन्छ । तर झापा जिल्लाको पुरानो सदर मुकामको रुपमा रहेको झापा गाउपालिकामा भने अवस्था बेग्लै देखियो । 

 सपथ ग्रहण भएकै दिन झापा गाउँपालिकाको वडा नं ४ मा विजयी बनेका राजु भारती भने विजयी जुलुशमा सहभागि नभइ बाटो खन्दै गरेको भेटिए । 

 बजेट नै नआएको अवस्थामा तपाईंले यि बिकासका कार्य हरु कसरी सुरुवात गर्नु भयो ? भन्ने प्रश्नमा  नेकपा एमालेको तर्फबाट  वडा अध्यक्षमा निर्बाचित भारतीले भने 'देश बिदेशका साथी भाई र वडाबासिको सहयोगले मैले आफ्नो कार्यकालको सुरुवात गरेको हुँ , यो त भर्खर सुरुवात मात्र हो अझ धेरै कार्य गर्नुछ। सरकारले कहेले बजेट पठाउछ र जनताको काम गर्ने भन्दै पर्खियो भने समय लाग्न सक्छ ,। 


हरेक नागरिकले देशको बारे कुरा काटेर बस्नुभन्दा एउटा सार्वभौम देशको नागरिकको हैसियत्ले मैले चाँही देश लाई के गर्न सके भनेर  सोच्नुपर्ने उनले बताए । उनले आफ्नो सक्रियतामा ३ वटा बाटो मर्मत गरेको बताए ।

 आगामी दिनमा जनताका  माझ रहेर जनताकै हक हित का निमित निरन्तर रुपमा लागि पर्ने बताएका भारतीको क्षेत्रमा सन्थाल, मुश्लिम, गंगाइ  लगायत बिभिन्न समुदायको बसोबास रहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »