दाङका व्यापारी श्रेष्ठको हत्याका मुख्य योजनाकार काठमाण्डौँमा पक्राउ

२७ अषाढ २०७४

banner

काठमाडौं। ब्यापारीको अपहरण गरी हत्या गरेको घटनाका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । दाङका व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरि हत्या गर्ने मुख्य योजनाकार भनिएका तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई महानगरीय अपराध महाशाखा, टेकुले मंगलबार पक्राउ गरेको हो । 

उनलाई काठमाडौें प्रहरीले काठमाडौं, तार्केश्वर नगरपालिका–१० मनमैजुबाट पक्राउ गरेको छ ।

दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने वुटवल बस्त्रालयका संचालक एवं तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष ५३ वर्षीय श्रेष्ठलाई गत जेठ २६ गते अपहरणमा परेका थिए । अपहरणमा परेपछि परिवारसँग फिरौती रकम माग भएको प्रहरीले बताएको थियो । तर फिरौती रकम माग्दासम्म श्रेष्ठको हत्या भइसकेको बताइएको छ ।  

ष्ठको अपहरणपछि सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जंगलमा लगी हत्या गरेर ओेडारभित्र शव लुकाई राखिएको अवस्थामा फेला परेको थियो । । घटनामा संलग्न अन्य अभियुक्तलाई पक्राउ गरेपनि मूख्य योजनाकार भने फरार रहँदै आएका प्रहरीले जनाएको थियो । 


घटनाको अनुसन्धानको क्रममा महाशाखाको प्रहरीले व्यापारीको हत्याका मुख्य योजनाकार उनलाई पक्राउ गर्न सफल भएको हो ।
    
यसबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »