भारी बर्षाको कारण रुख ढलेर किच्दा एकको मृत्यु

२७ अषाढ २०७४

banner

झापा। रुख ढलेर किच्दा झापामा एक पुरुषको मृत्यु भएको छ । दमक–३ स्थित इआई हट नम्बर ४९ बस्ने ७३ वर्षीय जयबहादुर राईको रुख ढलेर किच्दा मंगलबार मृत्यु भएको हो । 

घरनजिकै सखुवाको रुखमुनि बसिरहेको अबस्थामा भारी वर्षाको कारण रुख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »