यसरी सम्झिए राजधानीवासीले भानुभक्तलाई (फोटोफिचर)

२९ अषाढ २०७४

banner

काठमाडौँ। आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज बिहीबार विविध कार्यक्रम गरी मनाइँदै छ।
सोही अवसरमा आज राजधानीमा र्‍याली निकालिएको छ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानबाट सुरु भएको सो र्‍याली पुतलीसडक, बागबजार, कमलपोखरी हुँदै पुनः प्रज्ञाप्रतिष्ठानमै आएर सभामा परिणत भएको थियो। सभामा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिती थियो। यस्तै भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा रहेको उनको शालिकमा प्रधानमन्त्री देउवाले माल्यापर्ण गरे।

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्याएका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए।

भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए। पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »