बाटो हिँड्दै गर्दा झगडा परेपछि श्रीमतीको हत्या

२९ अषाढ २०७४

banner

•लक्ष्मी गौतम-

फिदिम । पाँचथरमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्वर ४ का ४२ बर्षीय नेत्र चेम्जोङले श्रीमती यसोधा राई चेम्जोङ को हत्या गरेका छन ।

विहिबार बिहान श्रीमतीसँगै नजिकैको राँके बजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द ४ लिगिम्बा भन्ने ठाँउ श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन ।

घर फर्कँदै गर्दा श्रीमान श्रीमतीको बिबाद भएर हत्या भएको भनिएपनि कारण भने एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

बाटोमा हिँडिरहेका स्थानीयले लास देखेर इालाका प्रहरी चौकी राँकेमा खबर गरेपछि खटेको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको उनको भनाई छ ।

मृतकलाई भने पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »