पूर्वसांसद चौधरी चढेको गाडी दुर्घटना, एकको मृत्यु

२९ अषाढ २०७४

banner

धनुषा । जनकपुर–ढल्केवर सडकखण्डमा स्कुल बस र विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । 

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित बाबा पेट्रोल पम्प नजिकै उत्तरतर्फबाट आउँदै गरेको ना १ प ४८०५ नंको स्थानीय मोनाष्टिक स्कुलको बस र जनकपुरतर्फबाट गइरहेको को १ च ८५१७ नंको स्कारपियो जिप ठोकिँदा सिरहाको लहान नगरपालिका–१२ की ललिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा पूर्वसांसद सरितादेवी चौधरी तथा स्थानीयवासी हरेराम यादव, मणि कामत, सागरदेवी चौधरी, रामरती महरा र स्कारपियो चालक दिलीप चौधरीको हातखुट्टा र टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि विराटनगर न्युरो अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य सामान्य घाइते भएका तीन जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »