मेक्सिको : बालबालिकाको जन्मदिन पार्टीमा आक्रमण, ११ जनाको मृत्यु 

३० अषाढ २०७४

banner

एजेन्सी । मेक्सिकोमा बालबालिकाको जन्मदिन पार्टीमा आक्रमण हुँदा ११ जनाको मृत्यु भएको छ। घटनास्थलबाट ३ बालबालिकालाई भने सकुशल उद्धार गरिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

मेक्सिको हिडाल्गो प्रान्तस्थित बालबालिकाको जन्मदिन पार्टीमा बन्दुकधारीले आक्रमण गरेका थिए। बन्दुकधारीको आक्रमणमा ११ जना पार्टीमा सहभागी व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »