आफ्नै विवाह समारोहमा मरिसकेको छोरा भेटिएपछि...

३० अषाढ २०७४

banner

एजेन्सी । अमेरिकाको अलास्कामा भएको एक विवाह समारोहमा शुक्रबार निकै रोचक दृष्य देखियो। विवाह मण्डपमा दुहलीलाई दुलाहले दिएको उपहारले सबैलाई चकित बनान्यो। दुलहीको त झन खुसीले एकछिन् गला नै अवरुद्ध भयो। दुलाहले दुलहीलाई २ वर्ष अघि मरिसकेको छोराको याद दिलाएका थिए। 

दुलहीका छोराको सन् २०१५ मे १९ मा निधन भएको थियो। तर छोराको निधन भएपनि उनको मुटु भने जिवितै थियो। उनको मुटु ज्याकव किल्वी नाम गरेका युवकमा प्रत्यारोपन गरिएको थियो। 

केलीले बेकी नाम गरेका दुलाहले उक्त भेटको व्यवस्था मिलाइदिएका थिए। विवाह समारोहमै ४० वर्षकी बेकीले आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन्। उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। बीबीसीको सहयोगमा 

Leave a reply

HTML Tags are not supported

Post My Comment »