ट्रम्पले किन यस्तो भने फ्रान्सकी प्रथम महिला ब्रिजिट म्याक्रोनलाई ?

३० अषाढ २०७४

banner

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कहिलेकाही महिलामाथि टिप्पणी गरेका कारण पनि चर्चामा आउने गर्छन।  

अहिले ट्रम्प फ्रान्सकी प्रथम महिला ब्रिजिट  म्याक्रोनमाथि गरेको टिप्पणीका कारण चर्चामा छन्। उनले ब्रिजिटलाई भने, के तपाईलाई थाहाँ छ। तपाईको आकृति निकै सुन्दर छ। यति बोलेर उनी उनका पति इमेनुअल  म्याक्रोनतिर फर्किएर टिप्पणी गरे, उहाँको आकृति निकै सुन्दर छ। निकै राम्रो, तपाई लाग्दैन उहाँ एकदमै सुन्दर हुनुहुन्छ ? 

उनले ब्रिजिटको दुबै गालामा चुम्वन गरे र धेरै बेर उनका दुबै हात समातेर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ट्रम्पको साथमा पत्नी मेलानिया थिइन्। ट्रम्प फ्रान्सका समकक्ष इमेनुअलसँग द्धिपक्षीय वार्ता गरेर साझा रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »