पत्रकार महासंघको मौनता र अध्यक्षको फेरिएको ‘कोट’

३० अषाढ २०७४

banner

पत्रकार महासंघ अध्यक्ष महेन्द्र बिष्ट र पत्रकार सुरज अाचार्य।

• टेकनारायण भट्टराई/दामोदर नेपाल -

कुनै पनि पेशागत संगठनको शीर्ष स्थानमा बसिसकेपछि सम्बन्धित सबै पेशाकर्मीलाई समान दृष्टिकोणबाट हेर्नु नेतृत्वको प्रमुख दायित्व हुन्छ। सबै पेशाकर्मीलाई समान दृष्टिबाट हेर्ने, उनीहरुको हक अधिकार र पेशागत सुरक्षा सुनिश्चित गर्दै सम्बन्धित क्षेत्रमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्तिलाई पेशागत संगठनको प्रमुखको जिम्मेवारी दिइएको हुन्छ। तर, नेतृत्वले नै पेशाकर्मीमाथि समान दृष्टिकोण राख्न सकेन र यो वा त्यो नाममा विभेद गर्यो भने नेतृत्वको नियतमाथि प्रश्न आउँछ– नेतृत्व सम्पूर्ण पेशागत संगठनको हो वा निश्चित गुटको? सम्पूर्ण पेशाकर्मीको साझा मानिएको नेतृत्वले एउटा गुट, समूह, व्यक्ति हेरेर आग्रहपूर्ण पक्षपोषण गर्दा सिंगो संगठन बदनाम हुने अवस्था आउँछ।

प्रसंग हो नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा इमेज टेलिभिजनका ‘सिनियर सब एडिटर’ सुरज आचार्यको। उनी मुछिएको ‘घुस प्रकरण’को स्टिङ अपरेसन सहितको समाचारबारे नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले आफ्नो फेसबुकमार्फत दिएको प्रष्टीकरणले थप बहसको माग गरेको छ।

एकै व्यक्तिको दोहोरो भुमिकाले खडा गरेको व्यवहारिक कठिनाइ

पत्रकारले घुस लिएको स्टिङ अपरेसन सकेर समाचार प्रकाशनको अन्तिम क्षणमा हामीले महेन्द्र बिष्टलाई दुई चरणमा प्रतिकृया लियौं। बिष्टलाई कल गर्दा अनौठो पीडाभाव र व्यवहारिक अप्ठोरो थियो। अप्ठ्याराका कारण थिए–आफ्नै पेशा, त्यही पेशाका अध्यक्ष, त्यसमाथि उनी नेतृत्वकै मिडियाका सदस्यको संलग्नता।

पहिलो फोन कलमा बिष्टलाई अध्यक्ष हैसियतबाट र देस्रो कलमा इमेज च्यानलको सम्पादक हैसियतबाट प्रतिकृया लिइएको हो। पहिलो चरणको फोन वार्तामा घटनाको प्रकृति र हामीसँग उपलब्ध प्रमाणबारे जानकारी मात्रै दिएर घटनामा संलग्न पात्र र ती पात्र संलग्न मिडियाको बारेमा हामीले बिष्टलाई विवरण खोलेका थिएनौं। उनले यस विषयमा प्रतिक्रिया दिँदा प्रस्ट शब्दमा भनेका हुन् – ‘विज्ञापनको शुल्क मागेको भए त्यसमा केही गर्न मिल्दैन। तर, समाचारको विषय हो भने एउटा पत्रकारले समाचारको विषयमा बार्गेनिङ गर्न पाउँदैन। यस्तो समाचार छ, यति पैसा दिए दबाइदिन्छु नत्र प्रसारण गर्छु भन्नु गलत हो।’ अध्यक्ष बिष्टसँगको फोन संवाद ‘साक्षी’ छ।

स्टिङ अपरेसन सकेर समाचार प्रकाशनको अन्तिम क्षणमा हामीले महेन्द्र बिष्टलाई दुई चरणमा प्रतिकृया लियौं। बिष्टलाई कल गर्दा अनौठो पीडाभाव र व्यवहारिक अप्ठोरो थियो। अप्ठ्याराका कारण थिए–आफ्नै पेशा, त्यही पेशाका अध्यक्ष, त्यसमाथि उनी नेतृत्वकै मिडियाका सदस्यको संलग्नता।

पहिलो फोन कलमा विष्टलाई आफू नेतृत्वको पेशाको ‘अक्षम्य अपराध’ सुनेर जति पीडाबोध भएको थियो त्यो भन्दा बढी पीडा हामीलाई थियो। किनकी हामीले उनकै मिडियाका सहकर्मी यो अपराधमा संलग्न रहेको वास्तविक विवरण खुलाएका थिएनौं। पात्र र मिडिया नखुलाइ घटनाक्रम र तथ्यहरु बताएर प्रतिकृया मागेका थियौं। जुन हाम्रो वाध्यता थियो। बिष्टबाट खुलेर प्रतिकृया पनि पायौं।

तर, दोस्रो फोन कल भने बिष्टमाथि निकै भारी पर्यो, हाम्रो पीडाको पारो यथावत नै थियो, संवादका क्रममा झनै चुलियो।

‘दाइ माफ पाउँ, दोहोरो भुमिकामा हुनु भएकोले हाम्रो व्यवहारिक कठिनाई बुझिदिनु होला, अघि सुनाएका सबै घटनाक्रमहरु हजुरकै मिडिया (इमेज च्यानल) का सहकर्मीका हुन्।’ यो सुनेर फोनमा बिष्ट अवाक भए। विषय केन्द्रित ‘व्यवसायिक आवरण’मा मात्रै कुरा भएनन्, त्यो निकै भावुक क्षण बन्यो। हामीबीच कुनै प्रतिशोधको जगमा यो विषयले प्रवेश पाएको थिएन। यो नितान्त व्यवसायिक र पेशागत दायरा भित्रको विषय थियो। हामी बीच बुझाइ समान थियो र पीडा बराबर थियो। फोनमा हार्दिकतापूर्ण र भावुक संवाद थियो। संवाद सकियो।

अब यता हाम्रो न्युज रुममा निर्मम परिस्थिति खडा थियो। भावनामा अल्झिने वा ‘मिसन’ पूरा गर्ने? सबै आग्रह र भावना निर्ममतापूर्वक दवाएर हामीले मिसन रोज्यौं। 

यहीबीचमा अध्यक्ष बिष्टको फोन आयो। अघिसम्मको हार्दिकता अब थोरै आग्रहमा बदलियो। दुःखद यथार्थ अज्ञात पात्र हुँदासम्म बिष्टले दिएको समाचारको ‘कोट’ पात्र खुलेपछि सिद्धान्ततः बदलिएन तर व्यवहारिकता अनपेक्षित हावी भयो। अब स्वर फेरियो–‘नो कोट प्लिज।’

‘पात्र’ले ‘कोट’ फेर्यो। हाम्रो फोन संवाद ‘साक्षी’ छ।

फेसबुक स्टाटसले उब्जाएका सवाल र संकेत

बुधबार समाचार छापिएको दिन रात छिप्पिएपछि आरोपित पत्रकार सुरज आचार्यले फेसबुक स्टाटस लेखेर आफू संलग्न इमेज च्यानल, नेपाल टेलिभिजन र पत्रकारमहासंघबाट ‘स्वःनिलम्बन’को घोषणा गरे। उनको स्टाटसमा आफू निर्दोश रहेको जिकिर छ र छानविन गर्न आग्रह पनि गरिएको छ।

अझै पनि अध्यक्ष बिष्टको नियतमाथि हाम्रो संघिन शंका छैन। हाम्रा अभिभावक पात्र केन्द्रित नभएर प्रवृत्ति केन्द्रित हुनेमा विश्वास कायमै छ। तर प्रश्नहरु अब हाम्रो वसमा मात्रै छैनन, सार्वजनिक भैसकेका छन्। जवाफ हजारौं संचारकर्मीले पर्खिरहेका छन्।

आरोपित आचार्यको फेसबुक स्टाटसमा तत्क्षण पत्रकार महासंघका अध्यक्षको लाइक देखिन्छ। अन्जानमा भए बहस बेकार छ, तर विवेकपूर्वक चाँही लाइक नगरेको भए हुन्थ्यो भन्ने धेरैको मत छ। खेर, यो प्रशंग जानकारीका लागि मात्रै।

बिहीबार दिउँसो बिष्टले फेसबुक स्टाटसमा ‘समाचारको विस्तृत विवरण नखुलाइ सैद्धान्तिक विषयमा कुरा गरेर बिना अनुमति मलाई नै कोट गरेको’ भनेर उल्लेख गरेका छन्।

यो वाक्यांश देख्दा पीडा महसुस भयो। ‘कोट’ मा खोट देखाएर बिषयान्तर गर्ने तहमा नओर्लिएको भए हुन्थ्यो। नेपाली पत्रकारिता इतिहासको यो दुर्लभ क्षणले अध्यक्षबाट फराकिलो हृदयसहितको पहलको माग गरिरहेको छ।

हो, कुनै पनि समाचारमा कोट लिँदा कसको कोट लिइएको हो त्यो व्यक्तिलाई जानकारी दिनुपर्छ। तर, त्यसको पनि अवस्था र सन्दर्भ हुन्छ। उदाहरणको लागि कुनै व्यक्तिलाई ‘कुनै रोग छ वा छैन?’ जाँच्ने डाक्टरसँग सोधियो र त्यो जवाफ कोट गर्न खोजियो भने ती डाक्टरको अनुमति लिनुपर्छ। तर त्यही डाक्टरलाई ‘फलानो रोगको लक्षण कस्तो हुन्छ?’ भनेर सोधियो भने सामान्यतया त्यो कोट राख्न अनुमति लिइराख्नु पर्दैन। लक्षणको सन्दर्भमा सबै विशेषज्ञ डाक्टरको जवाफ एउटै आउँछ। हामीले अध्यक्षबाट सुरुमा लिएको ‘लाक्षणिक’ कोट थियो। अप्ठेरो पार्ने नियत हुन्थ्यो भने बारम्बारका ती सघन फोन संवादबाट हामीले त्यही मसिनो ‘लाक्षणिक’ कोट मात्रै दिने थिएनौं। यो प्रकरणमा प्रतिशोधको एक अंश मिसावट छैन। विश्वास नलागे कुन कसिमा बाँधिएर जाँचिनु पर्ने हो हामी तयार छौं। जाँच गर्न खुला आव्हान छ।

अझै पनि अध्यक्ष बिष्टको नियतमाथि हाम्रो संघिन शंका छैन। हाम्रा अभिभावक पात्र केन्द्रित नभएर प्रवृत्ति केन्द्रित हुनेमा विश्वास कायमै छ। तर प्रश्नहरु अब हाम्रो वसमा मात्रै छैनन, सार्वजनिक भैसकेका छन्। जवाफ हजारौं संचारकर्मीले पर्खिरहेका छन्।

बचेको शंका हटाउन थप एउटा तथ्य जानकारी गराउँ– समाचार प्रकाशित भैसके पछि पनि पत्रकार आचार्यले २५ बर्षको पत्रकारिता करियर बचाइदिन र समाचार हटाउन आग्रह गरेका थिए। उनले रुँदै एकपटकका लागि मौका दिन आग्रह गरेका थिए।

बिहीबार साँझ न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा बिष्टले यो प्रकरणबारे बोलेका छन्। टेलिफोनमार्फत सहभागी अध्यक्ष बिष्टले पत्रकार रवि लामिछानेको प्रश्नमा सामाजिक संजालमा आएका खबरको बैधतामा प्रश्न उठाएका छन्। त्यो भन्दा अगाडि बढेर समाचार र त्यसमा भएका श्रव्य दृश्य सामग्रीको बैधतामाथि पनि प्रश्न उठाएका छन्। समयमै शंका गर्दा घाटा हुँदैन– कतै विषयान्तर गर्ने गरि अध्यक्षको भित्रि मनसाय प्रकट भएको त हैन?

सिधा कुरा जनतासँग

लामिछानेले बिष्टलाई सोधेका छन्– ‘समाचारसहित आएको ‘अडियो, भिडियो सामग्री सुन्नु÷हेर्नु भो?’ बिष्टको उपेक्षा र आग्रहपूर्ण प्रतिकृया त्यसपछि महसुस हुन्छ। उनको जवाफ छ–‘केही अंश हेरेको छु।’ उनको यो जवाफ जति हल्का र अपूरो लाग्छ त्यो भन्दा बढि जवाफ भित्र उपेक्षा लुकेको छ। सिंगो पत्रकारिता जगत जुन बहसमा छ, त्यसका अध्यक्षलाई अझै ‘कन्टेन्ट’ थाहा छैन भन्ने कल्पना गर्नु मुर्खता हुन्छ। तर यसको संकेत के हो भने आलटाल गरेर विषयान्तर गर्ने र जुन गहिराइमा यो प्रकरणबाट नेपाली पत्रकारिताले पाठ सिक्ने अवसर र आवश्यकता छ, त्यसप्रति स्वयं अध्यक्षको गहिरो अनिच्छा प्रकट भएको छ। त्यसैमा शंका थपेको छ–महासंघको मौनताले।

समय छ, शंका दुर हुने छ। महासंघ र अध्यक्षबाट आग्रहमुक्त भएर बहसको न्यायोचित ‘सेफल्याण्डिङ’ हुनेछ।

बार्गेनिङ चलिरहेको मुद्दामा हामी कसरी जोडियौं?

कतिपय मित्रहरु र पाठकमाझबाट एउटा स्वाभाविक जिज्ञासा आएको छ। डिसी नेपालका पत्रकार र ती साहुजीबीचको चिनजान के हो? कतै पत्रकार सुरज आचार्यसँग दुस्मनी साँध्न गरिएको षड्यन्त्र हो कि? वा राजनीति प्रेरित घटना त हैन?

पत्रकार आचार्य र उनले बार्गेनिङ गरेका व्यवसायी गुनबहादुर थापा दुबैजनालाई हामीले चिनेको यहि ‘इस्यु’बाट हो। त्यो भन्दा पहिले दुबैजनासँग न भेट भएको थियो न प्रत्यक्ष, अप्रत्यक्ष कुनै सम्बन्ध नै थियो। हो, समान पेशाकर्मी भएका नाताले पत्रकार आचार्यसँग हल्का सार्वजनिक परिचय थियो। भत्केको पुल छेउको थापाको वर्कशप पत्ता लगाउन त्यहाँ पुगेर पनि तीनपटकसम्म फोन गरेर लोकेशन मागेका थियौं।

थापाको वर्कसपमा नियमित गाडी मर्मत गर्ने एकजना पर्यटन व्यवसायीसँग थापाले पत्रकार आचार्यबाट ‘पीडित’ भएको दुःख पोखेका रहेछन्। पत्रकार आचार्यले पछिल्लो एक महिना मात्रै हैन, महिनौंदेखि बर्गोनिङ गर्दै आएका थापा बताउँछन्। गाडी मर्मत गर्न पुगेका तिनै व्यवसायी यो ‘इस्यु’का सम्पर्क सूत्र हुन्।

अन्त्यमा, बचेको शंका हटाउन थप एउटा तथ्य जानकारी गराउँ– समाचार प्रकाशित भैसके पछि पनि पत्रकार आचार्यले २५ बर्षको पत्रकारिता करियर बचाइदिन र समाचार हटाउन आग्रह गरेका थिए। उनले रुँदै एकपटकका लागि मौका दिन आग्रह गरेका थिए। फोन संवाद ‘साक्षी’ छ।

छुटेको भए यो पनि पढ्नुहोस्ः

भिडियोमा हेर्नुस् घुस माग्दै गरेका 'सिनियर' पत्रकार (स्टिङ अपरेसन)

स्टिङ अपरेसनको भिडियो

घुस माग्दै बार्गेनिङ (अडियो)

Leave a reply

HTML Tags are not supported

Post My Comment »