फोटो प्रदर्शनीमा जे देखियो(फोटो फिचर)

३० अषाढ २०७४

banner

काठमाडौँ । आजदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा  ‘पत्रकार र सुरक्षा’ विषयक दुई दिने फोटो प्रदर्शनी सुरु भएको छ । 
फोटो जर्नालिस्ट क्लब पिजे को आयोजना तथा इन्टरनेशनल मिडियाको सहयोगमा आयोजना भएको फोटो प्रदर्शनीको सभामुख ओनसरी घर्तीले उद्घाटन गरेकी हुन् । 

प्रदर्शनीको सभामुख घर्तीले फोटो पत्रकारकै फोटो खिचेर उद्घाटन गरिन् । सभामुख ओनसरी घर्तीले नेपालमा विभिन्न बहानामा स्वतन्त्र पत्रकारितामाथि अवरोध हुने गरेको बताएकी छन् । 

उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारभूत विषय भएकाले पत्रकारिता स्वतन्त्र हुनुपर्नेका जोड दिइन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले फोटो पत्रकारले भोग्नुपरेको जोखिमलाई न्यूनीकरण गर्दै जानुपर्नेमा जोड दिए । 

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले फोटो पत्रकार क्लबलाई राज्यका तर्फबाट सहयोग र सहकार्य हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले अहिलेसम्म मारिएका र कुटाइ खाएको पत्रकारले न्याय नपाएको भन्दै भूकम्पका बेला ज्यान जोखिम मोलेर फोटो पत्रकारले फोटो खिचेको बताए । 

वरिष्ठ फोटो पत्रकारद्वय गोपाल चित्रकार, चन्द्रशेखर कार्कीले पत्रकारलाई भन्दा फोटो पत्रकारलाई बढी सुरक्षा चुनौती हुने भन्दै फोटो पत्रकारलाई सुरक्षासम्बन्धी तालिम अनिवार्य गर्नुपर्ने बताए ।  प्रदर्शनीमा विभिन्न फोटो पत्रकारले खिचेका ४५ फोटो प्रदर्शनमा राखिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »