काठमाडौंवासीले पिउने ६६ प्रतिशत पानीमा कोलिफर्म

३१ अषाढ २०७४

banner

काठमाडौँ । काठमाडौंवासीले पिउने करिब ६६ प्रतिशत पानीमा कोलिफर्म दिसामा हुने जीवाणु को जीवाणु भेटिएको छ। 

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो। दिसा मिसिएको पानीमा कोलिफर्मको जीवाणु हुन्छ । विभिन्न सहयोगी संस्थाहरूसित मिलेर कार्यालयले पानी शुद्धीकरण सम्बन्धी जाँच गरेको थियो। 

सहरी वातावरण व्यवस्थापन समाजको सहयोगमा जनस्वास्थ्य कार्यालयले १३ सय घरधुरीमा गरेको अध्ययनमा करिब ६६ प्रतिशत पानीमा कोलिफर्मको जीवाणु भेटिएको थियो। 

त्यस्तै ललितपुरमा ५० प्रतिशत तथा भक्तपुरको ७३ प्रतिशत पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएको थियो। केयूकेएल भन्छ जारभन्दा ट्यांकरकै सफा तर हाम्रोमा पनि ढल मिसिएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ। 

 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »