भारतमा साम्प्रदायिक दङ्गा : चलिरहेकै रेलमा मुस्लिम परिवार कुटिए, ८ गम्भिर घाइते

३१ अषाढ २०७४

banner

एजेन्सी । पछिल्लो समय भारतमा साम्प्रदायिक आक्रमण बढ्न थालेका छन्। केही दिन पहिले रेलमा एक मुस्लिम युवाको हत्या भएको घटना सेलाउन नपाउँदै फेरि रेलमै अर्को घटना घटेको छ।
 
यात्रा गरिरहेका मुस्लिम परिवारमाथि रेलमा आक्रमण हुँदा ८ जना गम्भिर घाइते भएका छन्। चलिरहेको रेलमा यात्रा गरिरहेका मुस्लिम परिवारमाथि केही व्यक्तिले साम्प्रदायिक भट्काउने गालि गलौज गर्दै बुधबार रडले आक्रमण गरेको त्यहाँको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आक्रमणमा महिला, पुरुषसँगै बालक पनि घाइते भएको बताइएको छ। घाइते भएका व्यक्तिलाई पीडित परिवारकै केही सदस्यले अस्पताल पुर्याएका थिए। घटनापछि प्रहरीले ३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको समाचारमा बताइएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »