धादिङको खटौटीमा यात्रु वाहक बस र ट्रक ठोक्किए, चालकसहित ३१ जना घाइते (तस्वीरसहित)

३१ अषाढ २०७४

banner

धादिङ । धादिङको रोराङ गाउँपालिका वडा नम्बर ९ खटौटीमा यात्रुवहाक बस र ट्रक ठोक्किदा ३१ जना घाइते भएका छन्।

  
महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको मालबहाक ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  


प्रहरीका अनुसार दुर्घटनामा बस र ट्रकका चालकसहित ३१ जना घाइते भएका छन्। गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अन्य घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तस्वीर सी.री. राणाको फेसबुकबाट 

Leave a reply

HTML Tags are not supported

Post My Comment »