नदीले बगाएर मजदुर बेपत्ता

३१ अषाढ २०७४

banner

दमौली। तनहुँको ब्यास नगरपालिका– १४ स्थित मास्दीघाटबाट शुक्रबार अपरान्ह सेती नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन् । 

सेती नदीले बगाएर बेपत्ता हुनेमा चितवनको चण्डीभञ्ज्याङ– २ घर भई हाल इच्छाकामना गाउँपालिका बस्ने २५ वर्षीय वीरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा उनी सेती नदीमा डुबेर बेपत्ता भएका हुन् । स्थानीय बासिन्दा र प्रहरीले भुजेलको तीव्र खोजी गरिरहेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »