क्रुर पतिः जसले कुमारित्व जाँच गरीगरी पत्नीलाई मर्न विवश बनाए

३१ अषाढ २०७४

banner

एजेन्सी। ताजकिस्तानमा एक १८ वर्षकी युवतीले पटक पटकको ‘कुमारित्व परीक्षण’बाट दिक्क भएर आत्महत्या गरेकी छिन् । उनका पतिले विवाहको १ महिनामै २ पटकसम्म उनको कुमारित्व परीक्षण गराएका थिए । दुवै जाँचमा डाक्टरले ती युवती ‘कुमारी’ रहेको रिपोर्ट दिए । तर पतिलाई त्यसमा पनि विश्वास लागेन ।

१८ वर्षीया मृतक रजाबी खुर्शिदको परिवारले बताएअनुसार उनको विवाह जफरसँग मागीविवाह भएको थियो । जफरले विवाहपछि नै पन्तीको कुमारित्वमाथि शंका गर्दै कुमारित्व परीक्षण गर्ने कुरा ल्याएका थिए । रजाबीले पतिको कुरा मानेर २ पटकसम्म कुमारित्व परीक्षण गराइन् । दुवै पटक डाक्टरले रजाबी कुमारी रहेको रिपोर्ट दिए । 

यति हुँदा पनि जफरलाई डाक्टरको रिपोर्टमा विश्वास लागेन । उनले फेरि पनि रजाबीलाई कुमारित्व परीक्षणको लागि दबाब दिन थाले । रजाबीले फेरि कुमारित्व परीक्षण गर्न अस्वीकार गरिन् । त्यसपनि जफरले अर्की युवतीसँग बिहे गर्ने धम्की दिए । धम्कीबाट आहत रजाबीले विष पिएर आत्महत्या गरेको बताइएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »