अमेरिकी प्रस्तावमा शान्तिस्थापक सेनाको बजेटमा कटौती : नेपाललाई कस्तो असर ?

१ श्रावण २०७४

banner

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय महासभाले १६ असारमा ‘पिस किपिङ अपरेसन’ को बजेट ५७ करोड अमेरिकी डलर कटौती गरेको छ। सो निर्णय १७ असारदेखि नै लागू भएको छ। अमेरिकाको प्रयास र प्रस्तावमा राष्ट्रसंघले सो निर्णय गरेको हो। विश्वका १४ वटा शान्तिस्थापक मिसनमा नेपाली सेना पनि कार्यरत छ। मिसनमा नेपाली फौज विश्वको छैटौँ ठूलो संख्याका रूपमा तैनाथ छ।

गत वर्ष सात अर्ब ८७ करोड डलर बजेट रहेकोमा १ जुलाई १७ असार देखि लागू हुने गरी अब बजेट सात अर्ब ३० करोडमा सीमित भएको छ। अमेरिकाले शान्तिस्थापक मिसनमा लाग्ने खर्चको २८ दशमलव ५० प्रतिशत व्यहोर्ने गर्छ। उसले राष्ट्रसंघीय कुल बजेटको २२ प्रतिशत खर्च व्यहोर्छ।

१२८ मुलुकका ९५ हजार सुरक्षाकर्मी कार्यरत
राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार शान्ति स्थापनाका लागि १२८ मुलुकका ९५ हजार तीन सय एकजना सुरक्षाकर्मी कार्यरत छन्। शान्ति स्थापनाका लागि सेना ७९ हजार चार सय ७१, प्रहरी १२ हजार दुई सय ५४, पर्यवेक्षक एक हजार पाँच सय ६९ र स्टाफ अधिकृत एक हजार नौ सय १७ जना छन्। मिसनमा १५ हजार तीन सय १९ जना गैरसैनिक पनि कार्यरत छन्।


हामीलाई फरक पर्दैन : सैनिक प्रवक्ता कडायत
नेपाली सेनाले बजेट कटौतीको असर नपर्ने स्पष्ट पारेको छ। सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले भने, ‘यसबाट हामीलाई अहिले तात्विक असर पर्दैन। नेपाली सेना राष्ट्रसंघको म्यान्डेटअनुसार उच्च मनोबलका साथ काम गरिरहेको छ र भविष्यमा पनि सोहीअनुसार गर्नेछ।’ राष्ट्रसंघले मागेअनुसार करिब १० हजार फौज पठाउने अवस्थामा सेना रहेको पनि उनले बताए।

कुन मिसनमा कति नेपाली सेना ?
लेबनान : १२ स्टाफ अधिकृत तथा फौज ८५० गरी जम्मा ८६२ जना कार्यत छन्। लेबनानमा आठजना नेपाली गैरसैनिक स्टाफ छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »