रामेछापमा बाढीले पुल र घर बगायो, १ को मृत्यु, ४ जना वेपत्ता

१ श्रावण २०७४

banner

समाचार प्रतिनिधि तस्वीर 

काठमाडौँ । रामेछापको खिम्ती खोलामा आएको बाढीले पुल र केही घर बगाएको छ। 

बाढीका कारण १ जनाको ज्यान गएको छ भने अन्य ४ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार ६ जना गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा रामेछापको लिखु गाउँपालिका वडा नम्बर–६ का स्थानीय रहेको बताइए पनि उनको पहिचान भने खुल्न सकेको छैन्। 

बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, जिरीलगायतका सडक सम्बन्धविच्छेद भएका छन्। बाढीका कारण नदी किनार आसपासका बस्तीमा जोखिममा परेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »