साढे एक बर्षको अबधीमा झण्डै चार सय आरोपी पक्राउ 

१ श्रावण २०७४

banner

दाङ । दाङ जिल्लामा साढे एक बर्षको अबधीमा झण्डै चार सय जना आरोपी पक्राउ परेका छन्। अदालतबाट दोषी ठहर भएर फरार रहेका ३ सय ८२ जना पक्राउ परेका हुन्।

२०७२ साल माघ १ गतेदेखि हालसम्म जिल्लामा ९२ जना कैद तोकिएका र अन्य जरिवाना तोकिएका दोषीहरुलाई पक्राउ गरिएको हो। यस अवधिमा २४ लाख ३४ हजार रुपैयाँ संकलन भएको दाङ देउखुरी जिल्ला अदालतले जनाएको छ।

पक्राउ परेका सवैजनामाथि आवश्यक कारबाही थालिएको बताइएको छ । अदालतबाट दोषी ठहर भएका अहिले पनि १७ सय १९ जना फरारको सूचिमा रहेको जिल्ला न्यायाधिस चुरामण खड्काले बताए।

उनले फरार अभियुक्तहरु खोजी भैरहेको जानकारी दिए । फैसला कार्यान्वयनका लागि सर्बोच्च अदालतले अपनाएको रणनिति अनुसार दाङमा पनि दोषीहरुको खोजी कार्य थालिएको उनको भनाई छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »