कास्की आदर्श सेवा समाज युएइको अबुधाबी क्षेत्रिय भेला सम्पन्न

१ श्रावण २०७४

banner

  • केदार कुँवर

यूएई । कास्की आदर्श सेवा समाज, युएर्इको अबुधाबी क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ। शुक्रवार १४ जुलार्इ २०१७ का दिन यूएईको अबुधाबीस्तिथ भान्छा घर रेष्टुरेण्टको सभाहलमाभएको उक्त भेलामा नेपाली समाज युएर्इका भुपु अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाजयुएर्इका सल्लाहकार सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । 

उक्त समारोहमा विशेष अतिथीमा गुल्मि सेवा समाजका संरक्षक कृष्ण गौतम, समाजका सँस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार संयोजक  गुप्तशेखर पौडेल, समाजसेवी तथा व्यवसायी भिम नारायण श्रेष्ठ, समाजसेवी व्यवसायी निर्मल कुमार पोख्रेलको उपस्थिती रहेको थियो ।

त्यस्तै अथितिमा संस्थाका आजीवन सदस्य एवं समाजसेवी राजकुमार रानाभाट, समाजका केन्द्रिय उपाध्यक्षहरू राजेश श्रेष्ठ, सुरेन्द्र जिसी, महासचिव केदार कुँवर, कोषाध्यक्ष पुष्पराज अधिकारी, सचिव विकास अधिकारी, दुवइ क्षेत्रिय समितीका अध्यक्ष श्याम प्रसाद भण्डारी,केन्द्रिय सदस्यहरू मनोज गुरूङ, चन्द्रमोहन आचार्य, दुवइ क्षेत्रिय समितीकी उपाध्यक्ष नारायणी वाग्ले, महासचिव शिवराज वस्ताकोटी, सारजाह क्षेत्रिय समितिका कोषाध्यक्ष विनोद शाही, लगायतका केन्द्रिय तथा क्षेत्रिय समितिका पदाधिकारी तथा अन्य व्यक्तिको पनि उपस्थिती रहेको थियो ।  
उक्त समारोहमा कास्की आदर्श सेवा समाजका संस्थापक सदस्य तथा आजीवन सदस्य रोशन काफ्लेको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रिय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर केसी, सुमिता रसाइली, महासचिवमा राहुल श्रेष्ठ, कोषाध्यक्षमा निरू क्षेत्री, सचिवमा नवराज तिवारी, सदस्यमा मिलन श्रेष्ठ, सुनिल बस्नेत, दिलबहादुर बस्नेत, सुरज पौडेल, ताराबहादुर थापा मगर, प्रकाश भारती, नन्द कुमार गुरूङ, अनिल वर्देवा र आशिष श्रेष्ठ रहेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »