अमेरिकाको नीति निर्माण तहमा नेपाली पुगेको हेर्न चाहान्छु: राजदूत डा. अर्जुनकुमार कार्की

१ श्रावण २०७४

banner

कोलोराडो, अमेरिका । अमेरीकाको लागी नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अमेरिकाको नीति निर्माण तहमा नेपाली पुगेको हेर्न चाहेको बताएका छन् ।

कोलोराडो स्थित -याडीसन होटेलमा आयोजित महामहिम सङ्खुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेशन उद्धाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सङ्खुवासभा जिल्लाबाट अमेरीकोको विभिन्न स्टेटमा बसोबास गर्ने नेपालीहरूको संस्था सङ्खुवासभा कम्यूनिटी अफ यूएसएको दोस्रो अधिवेशन एक समारोहबीच उद्धाटन गरे । 
 
उद्धाटनपछि बोल्दै उनले अमेरिकामा बसेर नेपालको राजनीति गर्नु भन्दा अमेरिकामा राजनीति गरी नीति निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाइदा लिन सक्ने र आफूले त्यो हेर्न चाहेको बताएका हुन् ।
 
सङ्खुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथि र विशेष अतिथीहरुलाई पञ्चकन्या र कुमारहरुले फुलमालाले स्वागत गरेका थिए । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको राजदूत कार्कीले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।
 
समारोहमा संस्थाको १ सय ९० सदस्यहरू मध्ये सिनीयर सदस्य तथा आजिवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरी खादा लगाएर सम्मान गरिएको थियो । सोही समारोहमा संस्थालाई सहयोग गर्ने दाताहरुलाई लाईफ लङ, गोल्ड, प्लाटिनम र सिल्भरमा बर्गिकरण गर्दै विशेष सम्मान सहित धन्यवाद दिइएको थियो । 
 
कार्यक्रममा कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । विशेष अतिथिको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स मनराम फाउण्डेसनका अध्यक्ष सुजन श्रेष्ठ, सिटी अफ आर्टेसिया क्यालिफोर्नियाका प्लानिङ कमिष्नार भक्त थापाले शुभकामना मन्तव्य दिएका थिए ।
 
उद्धाटनसत्र पछि सम्पन्न बन्दसत्रले पुःन शान्ति श्रेष्ठको अध्यक्षतामा ३१ सदस्सिय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । यसरी निर्बिरोध चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्ष, पवन बराकोटी खनाल, उपाध्यक्षहरुमा मनिषा श्रेष्ठ, बेदनिधि दाहाल, मुकेश श्रेष्ठ, विनोद गौली, महासचिव हरिकुमार श्रेष्ठ, सचिव पदमराज तमाङ र कोषाध्यक्ष नोयनाथ पोख्रेल रहेका छन् । 
 
त्यसै गरी अन्य पदाधिकारीहरुमा विष्णु पौडेल शीतल पब्लिक रिलेसन अफिसर, प्रमोद श्रेष्ठ प्लानिङ अफिसर, शरद श्रेष्ठ ईभेन्ट अफिसर, अनिमेष श्रेष्ठ टेक्निकल अफिसर रहेका छन् । यसै गरी कार्यसमितिका बोर्डअफ डिरेक्टरहरुमा चेतमान श्रेष्ठ, डिएन श्रेष्ठ, नेत्र पोख्रेल, किरण शोभा कार्की, पदम थापा, रिपेन्द्र कार्की, गणेश श्रेष्ठ, उत्तम श्रेष्ठ, कृष्णराज गिरी, सन्तोष काफ्ले, मिना माष्के, विक्रम श्रेष्ठ रहेका छन् । 
 
बाँकी छ जना अध्यक्षले मोनोनित गर्ने महासचिव हरिकुमार श्रेष्ठले बताएका छन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी थिइन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »