‘प्रधानमन्त्री, गृहमन्त्री र यातायात मन्त्रीलाई गाडीको पछाडि राखेर चलाए यो बाटो बन्छ

२ श्रावण २०७४

banner

काठमाडौं । ‘प्रधानमन्त्री, गृहमन्त्री र यातायात मन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने। 

दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ(मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे।

‘बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छु, उनले भने, ुज्यानको माया मारेर हिँड्नुपरेको छ।’ खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ। 

यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन। पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए। २८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन।

सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो। त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपर्थ्यो। त्यसपछि पनि दुईपटक म्याद थपिएको छ। 

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो। सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ। अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ। 

वर्षातको समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन्। कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताए। विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ। ठाउँ(ठाउँमा पहिरो खस्ने गरेको छ। 

खाल्डो नपुर्दा जोखिम बढेको छ। गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताए। ‘भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन’, घिमिरेले भने, ‘सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन।’
 (कान्तिपुर दैनिक)

Leave a reply

HTML Tags are not supported

Post My Comment »