५० रनमै झर्‍यो सिंगापुरको आठौं विकेट, कप्तान सन्दिपले लिए एक्लै पाँच विकेट 

२ श्रावण २०७४

banner

काठमाडौं। अण्डर–१९ विश्वकप छनौट अन्तर्गत नेपाली युवा क्रिकेट टोलीले उत्कृष्ट सुरुवात गरेको छ । सिंगापुरमा भइरहेको पहिलो खेलमा नेपाली युवा टोलीले उत्कृष्ट बलिङ देखाएको हो ।
 
आयोजक सिंगापुरविरुद्ध उसकै घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २६ ओभरको खेल सकिँदा सिंगापुरका ८ विकेट लिइसकेको छ । अत्यन्त किफयती बलिङ गरिरहेको नेपालले आधा खेल सकिँदासम्म सिंगापुरलाई ५० रनमात्र दिएको छ । 

नेपालको उत्कृष्ट प्रदर्शनमा कप्तान सन्दिप लामिछाने हिरो बनेका छन् । ८ ओभर बलिङ गरेका उनले एक्लै पाँच विकेट लिए । आफ्नो स्पेलमा उनले २ ओभर मेडन राख्दै २१ रनमात्र दिएका छन् । नेपालका लागि शहाब आलमले २ र किशोर महतोले एक विकेट लिएका छन् । अहिले भइरहेको छनौट खेलको शीर्ष टोली आगामी यु–१९ विवकपको लागि छनौट हुनेछ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »