सिंगापुर ७३ मा अलआउट, कप्तान सन्दिप एक्लैको पाँच विकेट 

२ श्रावण २०७४

banner

काठमाडौं। अण्डर–१९ विश्वकप छनौट अन्तर्गत नेपाली युवा क्रिकेट टोलीलाई सिंगापुरले ७४ रनको झिनो लक्ष्य दिएको छ । सिंगापुरकै घरेलु मैदानमा भइरहेको पहिलो खेलमा नेपाली युवा टोलीले उत्कृष्ट खेल देखाएको हो ।
 
आयोजक सिंगापुरविरुद्ध उसकै घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २९ ओभरमा सिंगापुरलाई अलआउट गरेको हो । अत्यन्त किफयती बलिङ गरिरहेको नेपालले अन्तिम ओभरमा मात्र धेरै रन दिएको थियो । किशोर महतोले बलिङ गरेको २९ औं ओभरमा सिंगापुरलाई १९ रन दिइएको थियो । त्यही ओभरको अन्तिम बलमा बृगु ऐयरलाई आउट गर्दै किशोरले सिंगापुरको पारी समाप्त पारे । 

नेपालको उत्कृष्ट प्रदर्शनमा कप्तान सन्दिप लामिछाने हिरो बनेका छन् । ८ ओभर बलिङ गरेका उनले एक्लै पाँच विकेट लिए । आफ्नो स्पेलमा उनले २ ओभर मेडन राख्दै २१ रनमात्र दिएका छन् । नेपालका लागि शहाब आलमले ३ र किशोर महतोले २ विकेट लिएका छन् । अहिले भइरहेको छनौट खेलको शीर्ष टोली आगामी यु–१९ विवकपको लागि छनौट हुनेछ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »