वल्र्ड रेकर्ड बनाउन भन्दै ७८९ मानिस नांगै चिसो पानीमा दौडिएपछि

२ श्रावण २०७४

banner

फिनल्याण्ड। फिनल्याण्डमा वल्र्ड रेकर्ड बनाउन भन्दै सयौं मानिस नांगै चिसो पानीमा दौडिएका छन्। पूर्वी फिनल्याण्डको एक सांगीतिक कार्यक्रमका क्रममा शनिबार ७८९ मानिस कपडा विना चिसो पानीमा दौडिएका बीबीसीले जनाएको छ।

यसअघि अष्ट्रेलियामा नांगै पानीमा दौडिएर वल्र्ड रेकर्ड बनाइएको थियो। गिनीज बुक अफ वल्र्ड रेकर्डस्मा मान्यता पाउनेमा आफूहरुको आशावादी रहेको आयोजकले जनाएको छ। यील न्युज वेबसाइटका अनुसार फिनल्याण्डका तर्फबाट वल्र्ड रेकर्ड बनाउने यो तेस्रो प्रयास हो।

यसअघि हेलसिन्कीमा २०१५  र २०१६ मा करिब तीन÷तीन सय मानिस नांगै चिसो पानीमा दौडिएका थिए। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »