थाइल्याण्ड उड्न लागेका यात्रुको झोला जाँच गर्दा...

२ श्रावण २०७४

banner

काठमाडौं । त्रिभुवन विमानस्थलमा सुटकेस जाँच गर्दा प्रहरीले लागूऔषध फेला पारेको छ। धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई विमानस्थलबाट करीब ५ केजी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

नेपाल एयरलाईन्सको उडानबाट थाईल्याण्डको बंैकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा सुटकेसको पिँध भागमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला परेको हो। तामाङको साथबाट १ थान राहदानी, हवाई टिकट ३ थान र ८ सय युएस डलर समेत बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा तामाङलाई उक्त सुटकेस धादिङ खनियाबास–३ बस्ने रबिन गुरुङले दिएको खुल्न आएकोले गुरुङलाई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार स्थित मेरिना रेष्टुरेन्ट अगाडिबाट प्रहरीले पक्राउ गरेको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »