मेची-महाकाली आमाको काख

२ श्रावण २०७४

banner

.............गजल...........

हुँदैन मुलुक सम्पन्न कुनै,
माग्दछ मेहनत र पशिना ।
पौरख गर्न रोक्दैन कसैले,
आँधी आवस वा आशिना ।

साना भाईबहिनी, आमा रुलाई,
प्रियशिको माया भुलाई ।
आप्रवाशिको पिडा बोकी,
प्रवासको मोह उनलाई ।

घर-आँगन त्यागी,
प्रदेशमा बसी,
किन गर्छौ बिलौना,
घर सम्झी साथी ।
 
दुखेको भए तिम्रो मन,
छ्न तिम्रा आफ्नो जन ।
आउ मलम लगाउ,
चराइरहेको मनका घाउ ।

लगाव भए देशको,
त्याग मोह बिदेशको ।
माया भए चाहिन्न,
फर्कन आदेश कसैको ।
 
बस्न बास अहिले,
छैन केहि त्रास ।
फैलाएकी छ्न आमा ले
मेची-महाकाली आफ्नो काख ।



- अनेसास न्यूयोर्कद्वारा आयोजित भानु जयन्तीमा बिष्णु सिंह (बैजु)ले प्रस्तुत गरेको गजल
(९ जुलाई, १६,२०१७)



 

Leave a reply

HTML Tags are not supported

Post My Comment »