नर्सिङ पढ्ने युवती कलेजको छात्राबासमा मृत फेला

२ श्रावण २०७४

banner

भैरहवा। रुपन्देही जिल्लाको सिद्दार्थनगर नगरपालिका-८ मा रहेको मेडिकल कलेजकी एक छात्रा छात्राबासमै मृत फेला परेकी छन्।

काठमाण्डौं नैकाप घर भइ हाल युनिभर्सल मेडिकल कलेज भैरहवामा बिएससी नर्सिङ चौथो ब्याजमा अध्ययनरत वर्ष २३ की बिमला तिमिल्सेना आइतबार मृत फेला परेकी हुन्।

छात्राबासको आफू सुत्ने कोठाको पंखामा सलको पासो लगाएको अवस्थामा उनी मृत फेला परेकी हुन्। उनी कलेज ड्रेसमै मृत थिइन्। प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »