मदिराले झ्याप भएको अवस्थामा भेटिए अभियुक्त

२ श्रावण २०७४

banner

झापा । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय  गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ ।

महतले हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोग लागेको थियो । पीडितको उजुरी पछि प्रहरीले पक्राउ गर्ने डरले उनी फरार थिए ।

तर महत अन्ततः प्रहरीको फन्दामा परे । उनी मादक पदार्थ सेवन गरेर बेहोस तालमा हिडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । अभियुक्तका रुपमा खोजी गरिरहेको प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »