न्यूह्यामसायरमा २०४ औं भानु जयन्ती भव्यरुपमा मनाइयो

२ श्रावण २०७४

banner

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरको आयोजनामा २०४औं भानु जयन्ती एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

यही जुलाइ १५ मा  हुक्सेट लाइब्रेरी हुक्सेट न्यूह्यामसायरमा २०४औं भानु जयन्ती धुमधामका साथ मनाइएको हो ।

संस्थाका अध्यक्ष अग्नी प्रसाद पराजुलीको सभापतित्व र रेडियो नेपालका पूर्व सञ्चालक एवं बरिष्ठ बाँचक पुरुष्सोतम सापकोटाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरुङ, डा. रुद्र अर्याल, गुरुङ सोसायिटी न्यूह्यामसायरका अध्यक्ष संभु गरुङ, हिन्दु सेवासमाज स्प्रिङ फिल्ड मासाचुसेट्सका बोर्ड अफ डाइरेक्टर हरी खनाल  र पण्डित मधु सुधन अधिकारीको आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि पुरुषोत्तम सापकोटाले नेपाली भषा, साहित्य, आदिकवि भानु भक्त आचार्य एवं हिन्दु धर्मको महत्व बारेमा प्रबचन दिएका थिए । भानु भक्तका बारेमा जिज्ञासा राख्ने पाहुनाहरुलाई सापकोटाले व्याख्यात्मक शैलिमा अर्थ लगाएका थिए ।

 त्यसैगरी डा। रुद्र अर्यालले भाषा ज्ञान सम्बन्धि व्याख्या गर्दै भानु भक्तको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा हिमालय हेरीटेज आर्ट स्कूलका छात्रछात्राहरुले आँफ्ना मीठा प्रस्तुति, गायन, बाध्यवादन र नृत्य शिक्षिका हरी माँया खतिवडाको निर्देशनमा प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण कुमार गिरीले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै आफ्नो रचना बाचन गरेका थिए ।

त्यसैगरी संस्थाका सदस्य बटु न्यौपानेले सुमधुर गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा भानुको फोटोमा माल्यार्पण पश्चात हिमालय हेरीटेज आर्ट स्कूलका भाइ बैनीहरु पवित्रा प्रधान, प्रतीक्ष, सुभाना, आन्या बैध्य, रोजा सुवेदी, पर्सीना तिवारी, सलीना बुढाथोकी, सुमना राइ, आकृती भट्टराइ, लोचन काफ्लेले स्तुती खतिवडाको नेतृत्वमा सामुहिक गीत तथा नृत्य प्रस्तुत गरेका थीए।

कार्यक्रमलार्इ रार्इ समाजका अध्यक्ष मुक्ती नारायण रार्इ १००, इश्वरी भट्ट ५०, अग्नी पराजुली ५०, उमेस कोर्इराला ८२, बटु न्यौपाने ५० डलरकादरले सहयोग उपलब्ध गराएका थिए ।  कार्यक्रम संस्थाका प्रधान संपादक इश्वरी भट्टले संचालन गरेका थिए ।

-माधव गुरुङ



 

Leave a reply

HTML Tags are not supported

Post My Comment »