चोरलाई तह लगाउने गज्जब काइदा

२ श्रावण २०७४

banner

काठमाडौं। आफ्नो चोरी भएको साइकल फिर्ता गर्न र चोरलाई तह लगाउन एक साइक्लिस्ट युवतीले गज्जबको काइदा लगाएकी छिन् । उनको झण्डै सवा एक लाख रुपैयाँको साइकल चोरी भएको थियो । 

बेलायतको ब्रिस्टल शहरकी साइक्लिस्ट जेन्नी मार्टिनको साइकल चोरी भएको थियो । उनले एक पसलमा जाँदा साइकल बाहिर राखेर गइन् । उनी फर्कँदा उनको साइकल चोरी भइसकेको थियो । त्यसपछि उनले साइकल हराएको उजुरी प्रहरीमा दर्ता गराइन् । आफूले पनि साइकल फिर्ता पाउन सामाजिक संजालको सहयोग लिइन् । 

उनले स्थानीय साइकल चालकहरुको फेसबुक पेजमा आफ्नो साइकलको फोटो पोस्ट गरिन् । उनलाई आशा थियो कोही न कोहीले त साइकल देखेको होला । यस्तैमा एक स्थानीयले उनलाई साइकल देखेको भनेर सम्पर्क गरे । ती व्यक्तिले त्यो साइकल अर्का उकजना व्यक्तिको पेजमा देखेका थिए । त्यो फेसबुक पेजमा त्यो साइकल झण्डै १५ हजार रुपैयाँ मूल्यमा बिक्रीमा भएको सूचना लेखिएको थियो । 

जेन्नीलाई रिस उठ्यो । उनले प्रहरीलाई यसबारेमा बताइन् । तर प्रहरीले यस विषयमा सहयोग गर्न अस्वीकार गरे । प्रहरीले उल्टै उनलाई चोरहरुसँग निहुँ नखोज्न सुझाव दिए । त्यसपछि उनले आफूलाई साइकल बेच्न राखिएको बारे बताउने व्यक्तिसँग मिलेर एउटा योजना बनाइन् । 

जेन्नीलाई साइकलबारे बताउने ती व्यक्तिले साइकल बिक्रीमा राख्ने साइकल चोरसँग सम्पर्क गरे । उनले आफ्नी बहिनीलाई साइकल चाहिएकोले किन्न खोजेको बताए । चोरले उनलाई भेट्नको लागि भोलिपल्ट बिहानको समय दियो । भोलिपल्ट जेन्नी साइकल लिनको लागि चोरलाई भेट्न गइन् । 

जेन्नीले साइकल टेस्ट ड्राइ गर्छु भनिन् । चोरले पनि अनुमति दियो । त्यसपछि जेन्नीले साइकल चलाउँदै अलि अघि पुगेपछि साइकलको स्पीड बढाइन् र सिधै भर गइन् । जेन्नीले आफूसँग काम नलाग्ने चाबीको झुप्पा र चुरोटको एउटा बट्टा मात्र राखेकी थिइन् । उनले त्यही चोरको हातमा थमाएर मेरो समान समात्दै गर्नु म टेस्ट ड्राइभ गरेर आउँछु भनेकी थिइन् । यसरी उनले आफ्नो चोरी भएको साइकल चोरसँग फेरि चोरिन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »