रोबोट बनाउने नेपाली बिद्यार्थीहरुलाई वाशिंगटन डिसीमा अमेरिका नेपाल सोशाईटीद्वारा स्वागत

२ श्रावण २०७४

banner

वाशिंगटन डिसी- अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीले रोबोट बनाऊने नेपाली बिद्यार्थीहरुको टोलीलाई राजधानी वाशिंगटन डिसीमा स्वागत गरेको छ।

विश्वभरबाट १५७ मुलुकका माध्यमिक तहका बिद्यार्थीहरुले भाग लिएको रोबोट बनाउने अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी हुन आएका नेपालका ६ जना किशोर बैज्ञानिक बिद्यार्थीहरुलाई अमेरिका नेपाल सोशाईटीका पदाधिकारीहरुले स्वागत गरेका हुन्।

अमेरिका नेपाल सोशाईटीका अध्यक्ष जिवन तिवारी, पुर्ब अध्यक्ष खेम भट्टचन, ऊपाध्यक्ष प्रभा देउजा, महा-सचिब प्रेम पौडेलको समुहले रोबोट बनाऊने नेपाली बैज्ञानिक किशोरहरुलाई राष्ट्रपती भवन व्ह्याईट हाऊस नजिकै रहेको अमेरिकी सरकारको कन्स्टीच्युसन हलमा स्वागत गरेका हुन्।   

फस्ट ग्लोबल २०१७ च्यालेन्ज नाम गरेको यस प्रतियोगिताको जुलाई १६ तारिख आईतबार बिशाल ऊद्घाटन समारोह आयोजना गरिएको थियो।

संसारैभरीका १५७ मुलुकहरुका प्रतियोगीहरु आआफ्नो मुलुकको झण्डा बोकेर शभाहलमा प्रबेश गर्दा बिश्व कप् तथा ओलम्पिकको जस्तै बातावरण देखिन्थ्यो।  

ढाका टोपी लगाएर नेपालको तिनकुने झण्डा फहराउँदै नेपाली प्रतियोगीहरु प्रवेश गर्दा बिश्व सामु नेपालको पहिचान झल्किएको थियो।

डिसीनेपाल डटकम् बाट बिशाल समारोहको प्रत्यक्ष प्रशारण गरिएको थियो।  

सियो बनाउन पनी नसकेको नेपालले अत्याधुनिक प्रबिधी रोबोट बनाऊनु भनेको नेपाल र नेपालीका लागि गौरबको कुरो भएको अमेरिका नेपाल सोशाईटीका अध्यक्ष जिवन तिवारीले भने।  

-खेम भट्टचन

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »