रामेछापको गोकुल गंगा विद्यालयलाई जापानबाट सहयोग प्रदान

२ श्रावण २०७४

banner

रामेछाप । रामेछाप जिल्लाको बेतानी गा.बि.स. मा अवस्थित गोकुल गंगा नि.मा.बि.का विद्यार्थीहरूलाई जापानबाट सहयोग प्राप्त भएको छ।

बिगत ११ बर्षदेखी जापानमा बसोबास गर्दै आएका श्याम खड्काले विद्यार्थीहरूलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका सामग्रीहरू उपलब्ध गराएका हुन्।

महा–भूकम्प पश्चात् क्षतिग्रस्त बनेको उक्त विद्यालयलाई खानेपानी, सिमेन्ट, जस्तापाता लगायतका सामग्रीहरू निरन्तर रूपमा सहयोग गराउँदै आएका खड्काले विद्यालयमा आयोजित एक कार्यक्रममा आफैं उपस्थित भएर विद्यार्थीहरूलाई आवश्यक सामग्री वितरण गरेका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »