विपी को ३५औ स्मृती दिवसमा टेक्सासमा रक्तदान

३ श्रावण २०७४

banner

केशव रेग्मी
टेक्सास । महामानव विपी कोईरालाको ३५ औ स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति, नेपाली समाज टेक्सास र ब्लड डोनर्स अफ अमेरिका स्टेट टेक्सासको संयुक्त आयोजनामा आईतबार खुल्ला रक्तदान सम्पन्न भएको  छ ।

रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिका स्टेट टेक्सासका महासचिव अजयराज वगालेले जानकारी दिए ।

रक्तदान सुरू हुनुभन्दा अगाडि विपी को तस्विरमा पुष्प गुच्छा सहित जनसम्पर्क समितिका पदाधिकारी एव ने का महा समिति सदस्य हरिवोल भन्डारी, दिनेश शर्मा, ज्ञानेन्द्र कार्की, नेपाली समाज टेक्सास अध्यक्ष कृष्णा लामिछाने वल्ड डोनर्स अमेरिका का सभापति नन्द रेग्मी शिव क़ाफ्ले, अजय राज वगाले लगायतका पदाधिकारीहरूले माल्यार्पण समेत गरेका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »