'साउदीमा जेल परेको म विदेश नजाने कसम खाएको छु'

८ श्रावण २०७४

banner

  • रमेश अधिकारी, 
"बुढा बाउ आमा दुधे छोरो र स्वास्नी छाडेर, ऋण काडेर यत्रा नि जान्न म बिदेशॉ,बरु भोकै मरम्ला" मैले चिच्यायेरै भनेँ।

"लाछी मुन्छे, हाम्लाई पनि मार दुनियाँ गाका छन् बिदेशां ,तिम्ले कमाकोले हातमुख जोर्न त गार्हो छ के गरि ऋण तिर्छौ ? के गरि छोरो पढाम्छौ ?"बाटुलीले ठाडै प्रतिकार गरी। "छोरो मुन्छे भएपछी हिम्मत गर्नपर्छ केरेनी छोरा "बाले थपे। अनी आमाले पनि हो मा हो थपिन र मुंटो हल्लाईंन।

मिठो खाने राम्रो लाउने रहर त हुदों होनि। बाटुलीले राम्रो लाउन मिठो खान कैलेपो पाकी छर। गहना लाम्ने रहर त हुदोंहो।बिचरा नाक कान हात बुच्चै छ। अझ बाउको ओखति गर्दाको ऋण छ। बाले त भनेकै थिए म काम गर्न पनि सक्दिन जति बाच्छु बाच्छु ऋण काडेर ओखति गर्नुपर्दैन।बालाई पनि पोल्दो हो नी ऋणले।

मैले जानेदेखि तेही एउटै पुरानो कोट भिरिरहनछन आमाले भन्थिन बिहेको कोट हो रे जतन गरि गरि लाउछन मन त हुदो हो नि नया कोट लाउने बिचरा मेरा बा। जिन्दगिभरि हिन्दुस्तानमा चौकीदारी गरि एउटा बास बस्ने झुप्रो बनाए पाखोबारी किने त्यही पाखोबारी पहिरोले लग्यो टारीखेत जोडे। यिनै त छ बन्धकी राखेर ऋणलिने ठाउँ। आमा पनि त सधै त्यही एउटै मये्लले कलेठी परेको गुन्यु लाउछिन जति धोयेपानी मयल जादै नजाने।उनको पनि मन् होला नि राम्रो लाउने,तिर्थ धाम जाने घुम्ने।

साउदी अरबमा राम्रो काम छरे मेरो माईतीको भाउजुकोदाईले बिदेशां पठाम्छन् बाटुलीले फेरी थपि। लाग्थ्यो सबैजना मलाई मुग्लानां पठाम्न खोज्दैछन। सोंचे ठिकै छ एक पटक मुग्लानां गईहेरम।बाटुली को भाउजुको दाई संग फोनां कुरा भो १ साता मै काम हुन्छ रे बिदा भएर काठमाडौँ जाने भएँ। तेही बाकी टुक्रो खेत बन्धकी राखेर आमाले ९०००० दाम ल्याईन भोलि नै काठमाडौँ जाने भएँ। २ जोडी लुगा नागरिकता पासपोर्ट र ऋणको पोकोराखेर बाटुलीले झोला मिलाई।

फेरी सिरानी मुनि कताबाट पोको झिकेर भनि "बाटोमा गारोसारो पर्ला यो मेरो माईतिमा पेवा बाख्रो बेचेको पैसा ९००० छ। मेरो मनै भक्कानियो। कामधन्दा सकेर बाटुली सुति थाकेर होला निदाई पनि। उसको मनमा कता कता सपना पुरा हुने खुसि थियो कता कता दुख तर दुख लुकाई राखेकि थिई।

मेरो मनमा कुरा खेल्न थाल्यो निद लागेन। बाटुलीलाई हेरिरहें छोरालाई हेरिरहे अनि ऋणको पोकोले भरिएको झोला हेरिरहेँ आफ्नै भाग्यलाई सरापी रहें। बिहानै ढिडो के रुच्थ्यो जुठो मुखगरेर उठे। आमाले दहि खुवाईन बाउले टिकामाला लगाईदिए र भने "बाबु जति दुख परेपनि हरेस नखा हाम्रो सुर्ता नगर"।

बाटुली हातमा झोला लिएर परबाट हेर्दैथिई रुँदै झम्टिन आईपुगी। मैले भने "भो आँशु नदेखा मलाई गारो हुन्छ आमा, बाउ,छोरा अनि आफ्नो ख्याल गरेस्।" म भुन्टे भएतिर गएँ दुधे बालक मेरो छोरो। कोर्कोमा मस्त निदाईरहेको थियो। उसलाई हेर्न सकिन मुटु नै बाहिर आउला जस्तो भयो। झोला समाते र तगारो तिर अगाडी बढें। तगारोमा झोला अड्कियो लाग्यो कसैले मलाई रोक्दैछ। साएद भुन्टे ले होला।पछाडी हेरे सबैजना आँशु भरिएका आँखाले मलाई हेर्दैथिये। बाटुली रुँदै भित्र पसी।

४जना सन्तान खेर गएर मात्र पुजापाठ देबीथान भाकेर मलाई बचाएकोरे बाबुआमाको एक्लो सन्तान आज बिदाई गर्दा कसरि मन् थामे होलान मेरा बाबु आमाले। मायाँले पेट नभर्दोरैछ लाज नढाक्दोरैछ.गरिबीले आज भगवान जस्ता बाउ आमा,मुटुको टुक्रा जस्तो छोरो, प्राण प्यारी र मातृभूमि छोडेर जानुपर्दोरैछ।

आँखाभरी आँसु लिएर टारी खेत को बाटो १ कोष हिडेर म प्याउली बजार पुगें अनि काठमाडौँ को बस चढें।साह्रै थकाई पो लाग्यो। बाटुली जिउभरि गहनालाएर नाच्न लागी। बाउ नयाँ कोट दौरा सुरवाल कालो जुत्ता टल्काउदै छाती फुलाउदै गाउँ डुल्न लागेम अनि आमा नयाँ गुन्युर सारीमा। भुन्टे बोर्डिंग स्कुल बाट ठुलोझोला बोकेर घर फर्किदै थियो। घर छेउको कान्लामा लड्यो म उसलाई समात्न खोज्दैगर्दा झलस्स ब्युझिएं ओहो कस्तो सपना।

गेस्टहाउसबाट बिहानै निस्किएँ बाटोमा नेताजी देखें। मनमा लड्डु फुट्यो सोचें यीन्ले राम्रो काम मिलाई दिएभने जान्न विदेश के बिग्रेको छ र अझै। नेताजी नमस्कार मलाई चिन्नुभो? नेताले टाउको बटारे "म माने बडागाउँको चुनाबमा रातदिन खटेर तपाईलाई जिताको हैन?"नेताजी बोले "खै चिनिन बाबु।

खनखनि ८०००० दाम मेनपावर अफिसाँ बुझाएर म गेस्टहाउस फर्के म संगै अरु १८ जनामा जस्तै बिदेश जान आका रैछन अरु अरु जिल्ला र गामबाट। सबैसंगै बस्नेभयौ एकै ठाउमा। ठ्याक्कै १५ दिनभो काठमाण्डौ आको १ सातामा हुन्छ भन्थे अझ १ हप्ता लाग्छ भंचन कैले के मिलेन रे कैले के। दिक्क पो लाग्न थाल्यो। आज २१ दिनका दिन खबर आयो आजै १० बजे बिहानको फ्लाईट छरे एयरपोर्ट मा बोलाए खुसि लाग्यो। सबैजना गेस्ट हाउसको काउन्टर मा गयौ हिसाब गर्न।

हैन यो सहराँ मुन्छे लुट्न बस्छन क्याहो पातलो दाल,नमिठो भात खाको अनि ३/३ जना एकै खाटमा सुतेको २१ दिनको १८/१८ हजार। ……क्यार्नु तिर्नत परो। ल पिलेनमा चडियो कताकता फुर्ति आयो छोरो मुन्छे भएपछी केके गर्नुपर्छ हेर्दा हेर्दै आकाशियो पिलेन भुईका घरहरु त कमिला जस्ता देखिए हराए।

लु साउदी आयो पिलेन ओर्लन लाग्यो झ्यालबाट बाहिर हेर्न थाल्यौ आम्मामा कत्रा कत्रा घर कति राम्रा हुन् हेर केटा हो विदेश भन्या कस्तो हुदोरैच। सपनी पनि नराम्रो देखें के अनिस्ट हुन आट्यो मनमा छटपटी हुन थाल्यो साउदी आएको २ महिना भो यस्तो कहिल्यै भएको थिएन।

डराई डराई काममा पुगे कम्पनी गेटमा पुग्नासाथ पुलिसले मलाई समातेर गाडीमा हाले तर किन मआफैलाई थाहाथिएन म चिच्याएँ मेरो आवाज सुन्ने कोहि भएन। आज तेस्रो दिनको दिन मात्र मलाई थाहा भयो हाम्रो कम्पनि मा संगै काम गर्ने नेपाली साथीको हत्या भयो तेसैको आरोपमा मलाई शंका गरिएको रहेछ।

साथी गुमाउदा को पिडा एक तिर आफै समातिएको पिडा अर्कोतिर म निकै हतास भएँ आज साथीहरु बाट थाहापाएँ साथीको हत्यारा स्थानीय गुण्डा रहेछ। विदेश भन्ने ठाउँ नै एस्तो जहाँ हाम्रो लागि बोल्ने कोहि हुँदैन यहाँ त नखाएको बिष् पनि लाग्दो रहेछ निर्दोष ले पनि दुख पाउँदो रहेछ। मेरो मोबाईल अफ थियो साथीको मोबाईलमा फोन आएछ घरमा बाबु बिरामी छन्रे। खर्च पठाईदिनु पर्यो। म आपदमा परें कसरी खर्च पठाउँ कसरी भनू जेलमा छु भनेर।

मैले आमा बाबु प्राणप्यारी बाटुलि र भुन्टेलाई सम्झिएँ अनि गाउँ पाखापखेरा संझेर निकै बेर धरधरी रोएँ तर मेरो आशुँ देख्ने पिडा बुझ्ने कोहि भएन। गाउँमा बाबुले व्यथाले गल्दै थिए म यहाँ साउदीमा जेलमा पीडाले जल्दै थिएँ। रुनु अनि आफुलाई सम्हाल्नु भगवान पुकार्नु मेरो दैनिकी थियो। जसको आफ्नो कोहि हुँदैन उसको भगवान् हुन्छ भन्थे आखिर सुनेछन म निर्दोष साबित भएँ र जेलबाट निस्किएँ अनि नेपाल फोन गरेँ मन् हल्का भयो।

कम्पनी गएँ लागेको थियो जेल बसेको दिनको पनि मेरो दुख देखेर कम्पनीले तलब दिन्छ होला तर दिने भएन मलाई रिस उठ्यो झगडा गरेछु कामबाट निकालिदियो। मैले नेपाल फर्कने सोचें तर साथीहरुले पैसा जम्मा गरेर मेरो घरमा पठाएका रैछन उनीहरुलाई कसरि तिर्नु बसुँ काम छाडिसके अर्को आपद पर्यो। साथीहरुले कन्सट्रक्सन कम्पनिमा काम खोजेका रहेछन। काम गारो भएपनि मेरो लागि सबैभन्दा ठुलो भगवान् सहयोग गर्ने सथिहरुनै रहेछन। त्यहि काम थालें।

गाउँमा साहुको ब्याज उकालो चढ्दैछ साउदीमा गर्मि बढ्दैछ,आगो बल्दैछ जिउदै सरिर जल्दैछ,तिमि खुसि छौ मुर्ति भगवान् तिम्रो सृस्टी चल्दैछ। साथीहरुको ऋण,साहुको ऋण तिर्ने अनि आमा बाबु भुन्टे र बाटुलीलाइ एकसरो लुगा किन्ने पैसा जहिले पुग्छ म नेपाल फर्कन्छु यो पापी मुग्लान बस्दिन।

घरमै बाबु,आमा,प्राणप्यारी,छोरासंगै बस्छु,हलो जोत्छु, तरकारी खेति गर्छु, कुखुरा पाल्छु तर पापी मुग्लानमा रगत बगाउदिन जे गर्छु नेपालमै गर्छु।

Leave a reply

HTML Tags are not supported

Post My Comment »