काँग्रेसलाई पहिलो पार्टी बनाउने मेरो लक्ष्य : महामन्त्री शशांक

डिसी नेपाल
१८ माघ २०७६ १९:११

सिन्धुली। काँग्रेस महामन्त्री डा। शशांक कोईरालाले अब हुने निर्बाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

“दुम्जा जाऊँ पिताजी कृष्ण प्रसाद र बि पी कोईराला चिनौं, दुम्जालाई राजनीतिक तीर्थको रूपमा बिकास गरौ” भन्ने नाराका साथ सिन्धुलीको सुनकोसी गाँउपालिका–१ धरिणडाँडा दुम्जामा बीपी कोइराला प्रतिष्ठान रामेछापले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेपाली काँग्रेसमा सैद्दान्तिक निष्ठा , राष्ट्र प्रतिको समर्पण ,इमान्दारिता र पार्टी भित्रको एकताको पुन निर्माण गर्दै आगामी निर्बाचनमा पहिलो पार्टी बनाउने आफ्नो अभियान रहेको बताएका हुन्।

र्तमान सरकार र नेकपाले सत्तमा पुगेपछि जनताका एजेन्डा बिर्सेर भ्रष्टाचार र पार्टिगत स्वार्थलाई अङ्गालेकाले आगामी निर्नाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने समेत कोईरालाले दाबी गरे।

नेपाली काँग्रेसलाई विकास, सुशासन र सहज जनजीबिकाको रक्षाका लागि लड्ने पार्टी बनाउन जरुरी रहेकोमा जोड दिँदै महामन्त्री कोइरालाले पछिल्लो समय पार्टिभित्र बढेको बिकृतीलाई रोकेर पार्टीलाई अब एक ढिक्का बनाउँदै लागिने बताए।

कोइरालाले पार्टी एक ढिक्का भयो भने कसैले हराउन नसक्ने ठोकुवा गर्दै पार्टी भित्रको एकतामा जोड दिए।

फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोइरालाले कृषिको आधुनिकीकरण गर्न जरुरी रहेको बताए। देश बिकासको पहिलो आधार कृषि भएको उल्लेख गर्दै महामन्त्री कोइरालाले भने, “कृषिलाई आधुनिकीकरण गरी मलिलो माटोलाई उत्पादनमुखी बनाउनु पर्छ्।’

कोईराला परिवारको पुख्यौली थलो दुम्जामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले आफू पहिलो पटक दुम्जा आएको चर्चा गर्दै भने, “कृष्णप्रसाद कोईरालाको भत्किन थालेको घर हेरेँ, धेरै पुरानो सम्झना आयो। अब त्यो घर हामी बनाउछौं।”

कार्यक्रमकै सिलसिलामा महामन्त्री कोईरालाले दुम्जा माविलाई आफ्नो तर्फबाट एक थान कम्प्युटर समेत प्रदान गरेको कार्यक्रममा सहभागी नेबिसंघका नेता रबिन गौतमले बताए।

त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डा शेखर कोईरालाले प्रधानमन्त्री र मन्त्री सबै भ्रष्टाचार लिप्त रहदा समेत नेपाली काँग्रेस अहिले मुखदर्शक भएर बसेको आरोप लगाए।
उनले कम्युनिष्ट सरकारको पालामा देशमा मँहगीले सडकको चुली नाघेको, दण्ड हिनताले सीमा नाघेको, शान्ति सुरक्षा नभएको र रोजगारिका अबसर समेत खुम्चिएको दाबी गरे।

बीपी कोईराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, श्याम घिमिरे, प्रदेश सभा सदस्य राधा घले, पूर्व संविधानसभा सदस्य तीर्थ लामा, नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल, रामेछाप शभापती लवश्री न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *