अब कसैले थाँहा पाउन सक्ने छैन चीनको गोप्य कुरा 

११ श्रावण २०७४

banner

एजेन्सी । विश्वभर साइबर हमला बढ्दै गइरहेका बेला चीनले भने नयाँ प्रविधिको विकास गरेको छ। उक्त प्रविधिले चीनको गोपनीयता नबाहिरीने त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त सप्टोयरमा जुन कुनै ह्याकरले ह्याकको प्रयास गरेको तुरुन्त पत्ता लगाउन सकिने क्षमता रहेको समाचारमा उल्लेख छ। 

उक्त नयाँ प्रविधिको नाम क्वान्टम क्रिप्टोग्राफी राखिएको छ। यो प्रविधिलाई निकै फरक तरिकाबाट हेरिएको बताइएको छ। केही समयअघि चीनको जिनान प्रान्तमा गरिएको परीक्षणपनि उक्त प्रविधिलाई माइलस्टोर बताइएको छ। 

उक्त नेटवर्कमा सेना, सरकार, वित्तिय संस्था तथा विजुली विभाग जस्ता करिब २०० कर्मचारीले आफ्नो सन्देश सुरक्षित राख्न सकिने बताइएको छ। चीन अब उक्त प्रविधिसँगै अगाडि बढ्ने योजनामा रहेको समाचारमा उल्लेख छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »